तेहरानमा संचारमाथि आक्रमण: इजरायलले सरकारी टेलिभिजन कार्यालयमा हमला

Image
Nisarga Hospital

इरान–इजरायल तनाव उत्कर्षमा पुगेको छ। सोमबार राति इजरायली सेनाले इरानको सरकारी टेलिभिजन इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकास्टिङ (आईआरआईबी) को केन्द्रीय कार्यालयमा आक्रमण गरेको छ।

CP Hospital Dhangadhi

उक्त आक्रमण टेलिभिजनबाट प्रत्यक्ष प्रसारण भइरहेको बेला भएको थियो, जसको दृश्य लाइभकै क्रममा प्रसारणमा देखियो। आक्रमणको आवाज आएपछि प्रस्तोता कार्यक्रम छाडेर बाहिर निस्किएको भिडियो अहिले सामाजिक सञ्जालमा तीव्र गतिमा फैलिएको छ।

आक्रमण केही समयपछि नै आईआरआईबीले पुनः प्रत्यक्ष प्रशारण पुनः सुरु गर्‍यो। एक वरिष्ठ अधिकारीले इजरायली हमलालाई ‘इरानी राष्ट्रको आवाज दबाउने असफल प्रयास’ भन्दै कडा आलोचना गरे।

nawajiwan
Attariya Hospital

यसअघि इजरायली रक्षामन्त्री इजरायल काट्जले इरानको सरकारी रेडियो–टेलिभिजन प्रणालीमाथि लक्षित कारबाही गर्ने चेतावनी दिएका थिए। उनले आईआरआईबीलाई “इरानी प्रोपोगान्डा र उक्साहटको केन्द्र” भन्दै ध्वस्त पार्ने घोषणा गरेका थिए।

इजरायली सेनाले राजधानी तेहरानको उत्तरस्थित ‘डिस्ट्रिक्ट थ्री’ क्षेत्रका बासिन्दालाई पनि तत्काल सुरक्षित स्थानमा जान आग्रह गरेको छ।

इरानको सूचना प्रणालीमाथिको आक्रमणले द्वन्द्वलाई थप जटिल बनाएको विश्लेषकहरूको भनाइ छ।

Advertize US