विपद् रोकथामका लागि चुरे संरक्षण आवश्यक : प्रदेश प्रमुख मियाँ

Image
Nisarga Hospital

अत्तरिया : सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले चुरे क्षेत्रको संरक्षण नगरी विपद् नियन्त्रण असम्भव हुने स्पष्ट पारेका छन्। ११ औँ चुरे संरक्षण दिवसको अवसरमा सोमबार कैलालीको लम्कीचुहा नगरपालिका–३, बल्चौरमा आयोजित कार्यक्रममा बोल्दै उनले चुरे क्षेत्रको अन्धाधुन्ध दोहनका कारण बाढी, पहिरो, खडेरी, जमिन भासिने जस्ता प्राकृतिक विपद् बढिरहेको उल्लेख गरे।

CP Hospital Dhangadhi
Attariya Hospital

“चुरे सन्तुलनमा छैन भने मधेस सुरक्षित हुँदैन,” प्रदेश प्रमुख मियाँले भने, “चुरे आफैंमा अस्थिर पर्वतशृंखला भएकाले यसको संरक्षणमा सबैले गम्भीरता देखाउनु आवश्यक छ।”

उनका अनुसार चुरे संरक्षणका लागि जनसहभागिता, स्थानीय वन समूहहरूको सक्रियता तथा सरकारको दीर्घकालीन दृष्टिकोण अपरिहार्य छ।

कार्यक्रममा प्रदेश प्रमुख मियाँले बल्चौरस्थित मुक्त कमैया सामुदायिक वन समूहको वन क्षेत्रमा आँप, लिची लगायतका प्रजातिका बिरुवाहरू रोप्दै वृक्षारोपण कार्यक्रमको उद्घाटन गरे।

मुक्त कमैया सामुदायिक वन समूहका अध्यक्ष हित्तु चौधरीका अनुसार कार्यक्रममा करिब २०० वटा बिरुवा रोपिएको थियो । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रदेश निर्देशन हेमराज विष्ट, सशस्त्र प्रहरी उपरीक्षक सुरेन्द्रराज रञ्जित, वरिष्ठ डिभिजन वन अधिकृत रामचन्द्र कडेल, प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिव साबिर अली, वडा अध्यक्ष लम्कीचुहाँ नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष लाभ शाही लगायतको गरिमामय उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन विश्वराज पण्डितले गरेका थिए।

# ट्रेण्डिङ