दार्चुलामा ढुङ्गा लागेर प्रहरी जवानको मृत्यु

Image
Nisarga Hospital

दार्चुलामा ढुङ्गा लागेर प्रहरी जवान दिपेन्द्र पालको मृत्यु भएको छ । मंगलबार दार्चुलाको निसिलस्थित थागिल भन्ने स्थानमा ढुङ्गा लागेर मृत्यु भएको हो । केही दिनअघि मात्र बिदामा घर आएका पाल खर काट्ने क्रममा ढुङ्गा लागेर गम्भीर घाइते भएका थिए ।

CP Hospital Dhangadhi
Attariya Hospital

स्थानीयले तत्काल उद्धार गरी जिल्ला अस्पताल दार्चुला पु(याए पनि उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी प्रहरी निरीक्षक छत्र बहादुर रावतले जानकारी दिए । उनी काठमाडौं दरबन्दी भए पनि बैतडीमा कार्यरत रहेका थिए ।

Advertize US