इजरायल–इरानबीच पाँच दिनदेखि भीषण द्वन्द्व, उच्च सैन्य अधिकारीको मृत्यु

Image
Nisarga Hospital

इजरायल र इरानबीच जारी भीषण द्वन्द्व पाँचौँ दिनमा प्रवेश गर्दा पनि आक्रमणको श्रृंखला रोकिएको छैन। मंगलबार इरानले इजरायलको राजधानी तेल अभिभमा रहेको गुप्तचर संस्था ‘मोसाद’को मुख्यालयमा सटीक हवाई आक्रमण गरेको पुष्टि भएको छ। त्यससँगै सैन्य गुप्तचर संस्था ‘अमान’को भवनलाई समेत आक्रमणको लक्ष्य बनाइएको छ।

CP Hospital Dhangadhi

दोस्रो तर्फ, इजरायलको हवाई आक्रमणमा इरानका उच्च सैनिक अधिकारी मेजर जनरल अली शादमानीको मृत्यु भएको छ। हालै मात्र चार दिनअघि खातम–अल–अन्बिया मुख्यालयको प्रमुखको रूपमा नियुक्त भएका शादमानीले आफ्नो कार्यकाल छोटै अवधिमा समाप्त गरेका छन्। उनले यही पदभार सम्हाल्ने क्रममा, उनको पूर्खाअधिकार मेजर जनरल गुलाम अली रशिदको मृत्युपछि यो जिम्मेवारी पाएका थिए।

इरानले सार्वजनिक गरेको तथ्यांक अनुसार, इजरायली आक्रमणमा अहिलेसम्म २२४ इरानी नागरिकको मृत्यु भइसकेको छ भने १ हजार ४८१ जना घाइते भएका छन्। त्यस्तै, इजरायलतर्फ २४ जनाको ज्यान गएको र ६०० भन्दा बढी व्यक्ति घाइते भएको जानकारी प्राप्त भएको छ।

nawajiwan
Attariya Hospital

दुवै देशबीचको यो तनावपूर्ण द्वन्द्व क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सुरक्षा समीकरणमा गम्भीर असर पार्ने खतरा बढ्दो छ। इरान र इजरायलबीचको युद्धस्तरको प्रतिकार र आक्रमणको घटनाले मध्यपूर्वमा नयाँ संकटको संकेत गरेको विश्लेषण गरिँदैछ।

विश्लेषकहरूका अनुसार यदि यो द्वन्द्व चाँडै नियन्त्रणमा लिइएन भने यसले थप देशहरूलाई समेत चपेटामा पार्न सक्छ। अहिलेको परिस्थितिमा कूटनीतिक पहलभन्दा युद्धको रणनीतिमा जोड दिइँदा मानवीय क्षति थप बढ्ने सम्भावना बलियो बन्दै गएको छ।