सुदूरपश्चिम विश्वविद्यालयलाई नमुना बनाउनु हाम्रो दायित्व : मुख्यमन्त्री शाह

Image
Nisarga Hospital

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम विश्वविद्यालयलाई नमुना विश्वविद्यालय बनाउने अभियानमा सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ।

CP Hospital Dhangadhi
Attariya Hospital

मंगलबार कञ्चनपुरको महेन्द्रनगरमा आयोजित १६औं स्थापना दिवसको अवसरमा बोल्दै मुख्यमन्त्री शाहले कृषि, पर्यटन तथा धार्मिक टुरिजम क्षेत्रको विकासका लागि विश्वविद्यालय स्तरमा गहन अध्ययन र अनुसन्धान आवश्यक रहेको बताउनुभयो। उहाँले प्रदेशको रोजगारी, उत्पादन वृद्धि र स्थानीय सीप–क्षमता विश्व बजारसम्म पुर्‍याउन शैक्षिक संस्थाको भूमिका निर्णायक हुने उल्लेख गर्नुभयो।

“प्रदेश सरकारले विश्वविद्यालयलाई आवश्यक सहयोग गर्न सधैं तयार छ,” मुख्यमन्त्री शाहले स्पष्ट पार्नुभयो। उहाँले विश्वविद्यालयलाई गुणस्तरीय, प्रयोगमुखी र रोजगारीमुखी बनाउनेतर्फ अघि बढ्न सुझाव पनि दिनुभयो।

स्थापना दिवसको अवसरमा २५ वर्षभन्दा बढी समय विश्वविद्यालयमा सेवा गरेका ४३ जना कर्मचारी तथा प्राध्यापकलाई दीर्घ सेवा पदक तथा प्रमाणपत्र वितरण गरिएको थियो। कार्यक्रममा विश्वविद्यालयका पदाधिकारी, प्राध्यापक, विद्यार्थी तथा कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।