सुदूरपश्चिमस्तरीय खेलकुद पत्रकारिता तालिम खानीडाँडामा सम्पन्न

Image
Nisarga Hospital

सुदूरपश्चिम प्रदेश स्तरीय खेलकुद पत्रकारिता तालिम कैलालीको खानीडाँडामा सफलतापूर्वक सम्पन्न भएको छ। असार २ गते सोमबारदेखि सुरु भएको दुई दिने तालिम आज मंगलबार समापन गरिएको हो।

CP Hospital Dhangadhi

खेलकुद पत्रकार मञ्च कैलालीको आयोजनामा र सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहकार्यमा सम्पन्न तालिममा जिल्लाभरिका विभिन्न सञ्चारमाध्यममा कार्यरत ३० जना पत्रकारको सक्रिय सहभागिता रहेको थियो।

फुटबल र एथलेटिक्ससम्बन्धी प्रशिक्षण वरिष्ठ पत्रकार सिताराम ओझाले दिनु भएको थियो भने क्रिकेट र भलिबलबारेको प्रशिक्षण पत्रकार नवराज पनेरुले दिनुभएको थियो। सहभागी पत्रकारहरुले तालिमलाई ज्ञानवर्द्धक र प्रेरणादायी भएको बताएका छन्। पत्रकार महेश बडुले खेलकुद पत्रकारितामा प्रवेश गर्न तालिमले राम्रो आधार बनाएको बताए। प्रशिक्षार्थी रक्षा बाग्चनले तालिमले आफूलाई खेल क्षेत्रमा कलम चलाउन हौसला दिएको उल्लेख गरिन्।

nawajiwan
Attariya Hospital

तालिमको समापन समारोह खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष प्रदिप पाठकको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव बैकुण्ठ पराजुली, महासङ्घ कैलाली अध्यक्ष श्रवण देउवा, वरिष्ठ पत्रकार दीपक उपाध्यायलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमका अन्त्यमा अध्यक्ष पाठकले तालिमलाई नियमित र विस्तारित रूपमा अघि बढाउने प्रतिबद्धता जनाउँदै सहभागी पत्रकारहरूलाई खेलकुद पत्रकारितामा अझ क्रियाशील हुन आह्वान गरेका थिए।

Advertize US