डोटीको आयुर्वेद औषधालयमा बिरामीको भीड, उपचार सेवामा गुणस्तर सुधार

Image
Nisarga Hospital

डोटीको दिपायलमा रहेको जिल्ला आयुर्वेद औषधालयमा बिरामीको संख्या दिनप्रतिदिन बढ्दै गएको छ। विगतमा दैनिक ८–१० जनामात्र आउने बिरामी संख्या हाल एक सय नाघेको औषधालय प्रमुख विद्या घिमिरे देउवाले जनाइन्। आयुर्वेदप्रतिको जनविश्वास, फिजियोथेरापी र मौलिक थेरापी (पूर्वकर्म, पञ्चकर्म) सेवाले आकर्षण बढाएको हो।

CP Hospital Dhangadhi

खासगरी हड्डी दुखाइ, बाथ, ग्यास्ट्रिक, मिर्गौला, श्वासप्रश्वास, कान-घाँटी लगायतका रोगको उपचारका लागि बिरामी आउने गरेका छन्। कतिपयले अन्य माध्यमबाट उपचार नगरेपछि आयुर्वेद रोज्ने गरेका छन्।

२०७९/०८० मा १४,३३८, २०८०/०८१ मा १८,१२६ र चालु आर्थिक वर्षमा जेठसम्म १९,५३८ जनाले सेवा लिएका छन्।

nawajiwan
Attariya Hospital

आधुनिक ल्याब, विशेषज्ञसहितको ओपीडी, फिजियोथेरापी, योग शिक्षा, ज्येष्ठ नागरिक र सुत्केरी महिला लक्षित औषधि वितरणजस्ता कार्यक्रम सञ्चालन भइरहेका छन्।

तर, स्रोत र जनशक्तिको अभावले सेवा अझ विस्तार गर्न कठिन भइरहेको औषधालयको गुनासो छ। प्रदेश सरकारले बजेट बढाए आयुर्वेद सेवा अझ प्रभावकारी बन्न सक्ने औषधालयको सुझाव छ।

# ट्रेण्डिङ