गोदावरी–१० मा ऐतिहासिक बजेट: विकासको नयाँ युगतर्फ कदम

Image
Nisarga Hospital

सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला अन्तर्गत गोदावरी नगरपालिका–१० ले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि बहुप्रतीक्षित योजनाहरूसहित ऐतिहासिक विकासको बाटो समातेको छ। वडाबासीको दीर्घकालीन समस्यालाई प्राथमिकता दिँदै प्रदेश सरकारमार्फत विभिन्न योजना कार्यान्वयनको सुनिश्चितता गरिएको वडा अध्यक्ष रबिन्द्र शाही ‘गुड्डु’ ले जानकारी दिए।

CP Hospital Dhangadhi

यस विकास अभियानको श्रेय
यस योजनालाई मूर्त रूप दिन कैलाली क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति वीर बहादुर बलायर, गोदावरी नगर प्रमुख बिरेन्द्र भट्ट, सुदूरपश्चिमका राज्यमन्त्री प्रकाश बम, प्रदेशसभा सदस्य तुलसी देवकोटा, कांग्रेस क्षेत्र नं. ४ का सभापति वसन्त रोकाया, गोदावरी नगर सभापति वीर बहादुर चोखाललगायत अन्य जनप्रतिनिधिहरूको विशेष भूमिका रहेको छ।

वडाध्यक्षको भनाइ
वडा अध्यक्ष शाहीले सामाजिक सञ्जालमार्फत वडाको विकासप्रति आफ्नो गहिरो प्रतिबद्धता व्यक्त गर्दै भनेका छन्,
“सदियौँदेखि पछि परेको हाम्रो वडाको विकास अब साकार बन्दैछ। यो उपलब्धि सबै जनप्रतिनिधि र सरोकारवाला निकायको सहयोगको परिणाम हो। म सबैलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु।”

nawajiwan

मुख्य योजनाहरू
गोदावरी–१० मा भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, रोजगारी सिर्जना लगायत क्षेत्र समेटिएका योजनाहरू यस्ता छन्:

मुक्ति टोल सडक कालोपत्र

शिवरामपुर–दुमाडी टोलमा कल्भर्ट निर्माण

पुरानो खमौरा सडक स्तरोन्नति

मोहना नदीमा पुल (गोदावरी–३ हकौवा)

खमौरा बिष्ट टोल–वडा नं. १० सडक कालोपत्र

दमौरा–चाल्नेखोला पुलसम्म सडक

Attariya Hospital

ग्वासी घण्टेवर चौक–शिविर जाने चौक नाली निर्माण

मालाखेती अस्पतालमा सर्पदंश उपचार केन्द्र

श्रीलंका टोल कर्भर्ट निर्माण

आदर्श युवा क्लब भवन निर्माण

खमौरा खानेपानी योजना

जानकी मावि र गणेश आविमा २–२ कोठे भवन

वडा नं. ३ र १० जोडिने सडक कालोपत्र

विभिन्न स्थानमा तटबन्धन निर्माण (मोहन नदी, जानकी–भागेश्वरी, हर्क खडका, आदर्श क्लब क्षेत्र)


यो बजेट मात्र नभई, समर्पित नेतृत्व, प्रभावकारी समन्वय र जनप्रतिनिधिको सक्रियता मिलेको विकास यात्राको प्रतिबिम्ब हो। गोदावरी–१० अब केवल योजना बनाउने होइन, योजनालाई कार्यान्वयन गर्दै सुदूरपश्चिमकै नमुना वडाको रूपमा उभिने तयारीमा छ।

वडाध्यक्ष शाही: योजनाशील नेतृत्वका प्रतीक
विकासको हरेक चरणमा सक्रिय वडाध्यक्ष शाही वडाबासीका लागि अब नेतृत्वकर्ता मात्र नभई अभिभावकसरह बनेका छन्। जनविश्वास, पारदर्शिता र कार्यक्षमताले गोदावरी–१० ले भविष्यमा अझ प्रेरणादायी उपलब्धिहरू हासिल गर्ने संकेत दिएको छ।

# ट्रेण्डिङ