
युवा तथा खेलकुद मन्त्रालयले २०८१/८२ वर्षका लागि खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार घोषणा गरेको छ। सुदूरपश्चिमबाट बैतडीका दिनेश बहादुर विष्टसहित सात प्रदेशका पत्रकारहरू पुरस्कृत हुने भएका छन्।

नेपाल खेलकुद पत्रकार संघ कैलालीका उपाध्यक्ष तथा प्रेस चौतारी नेपाल कैलालीका सचिवसमेत रहेका विष्ट सगरमाथा टेलिभिजन र स्टेट सेभन अनलाइनमा कार्यरत छन्। उनी लामो समयदेखि धनगढीलाई कार्यथलो बनाउँदै पत्रकारितामा सक्रिय छन्।
अन्य पुरस्कृत पत्रकारहरूमा कोशीका मुकुन्द घिमिरे, मधेशका सरदचन्द भट्टराई, बागमतीका विक्रम कुमार बानियाँ, गण्डकीका दिननाथ बराल, लुम्बिनीका स्वस्तिक श्रेष्ठ र कर्णालीका दिनेश कुमार बुढा छन्।


त्यस्तै, समावेशी श्रेणीमा तनहुँकी नमिता दाहाल (महिला), बाँकेकी रुपा गहतराज (दलित) र काठमाडौंका श्रीलोचन राजोपाध्याय (अनुभवी पत्रकार) पुरस्कृत हुने भएका छन्।
मन्त्रालयले गत असोज १४ मा आवेदन आह्वान गरी निवेदनहरूलाई कार्यविधिअनुसार मूल्यांकन गरी १० जनाको नाम सार्वजनिक गरेको हो।
































