कैलाली कारागारमा कैदीको मृत्यु प्रकरण : सत्यतथ्य पत्ता लगाउन ७ सदस्यीय छानबिन समिति गठन

Image
Nisarga Hospital

कैलाली जिल्ला कारागारमा अचेत अवस्थामा फेला परेका एक कैदीको उपचारका क्रममा मृत्यु भएपछि सत्यतथ्य पत्ता लगाउन सात सदस्यीय छानबिन समिति गठन गरिएको छ।

CP Hospital Dhangadhi

कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा समिति गठन गरिएको हो। समितिमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशी, जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार सिंह, राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधि, प्रहरी नायब निरीक्षक सुरेश बोहरा, प्रहरी सहायक हवलदार नरेश साउँद र डडेल्धुरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष लोकराज भट्ट सदस्य रहेका छन्।

समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउन प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले निर्देशन दिएका छन्।

nawajiwan
Attariya Hospital

मृतक डडेल्धुराको भागेश्वर गाउँपालिका–५ निवासी २८ वर्षीय हरिश सिंह पाली हुन्। बैंकिङ कसुरमा पक्राउ परेका पाली असार २ गते राति कारागारको बाथरुम नजिक अचेत अवस्थामा फेला परेका थिए। उपचारको लागि सेती प्रादेशिक अस्पताल लगिए पनि सोही रात मृत्यु भएको हो।

पालीको शरीरमा चोटपटक देखिएको भन्दै उनका परिवारले हत्या भएको आशंका गरेका छन्। निष्पक्ष छानबिनको माग गर्दै परिवारले शव बुझ्न अस्वीकार गरेका छन् भने आक्रोशित परिवारजनले डडेल्धुरामा राजमार्गसमेत अवरुद्ध गरेका थिए।

प्रशासनले छानबिन प्रतिवेदनपछि मात्र आवश्यक निर्णय लिइने जनाएको छ।