गणेश सिंहको पहिलो कोसेली ‘रसिलो मसिलो’ गीत बजारमा

Image
Nisarga Hospital

✍️ डोटी
डोटीको सायल गाउँपालिका २ ग्वानी स्थायी घर भइ हाल कंचनपुर भन्सार कार्यालयमा लेखापाल पदमा कार्यरत गणेश सिंहको पहिलो डेउडा कोसेली ‘रसिलो मसिलो (भस्सो)’ बजारमा आएको छ । गणेश सिंह सिंगर युट्युब च्यानलबाट बुधबार गीत सार्वजनिक भएको हो ।

CP Hospital Dhangadhi

नेपाल निजामती कर्मचारी युनियन कञ्चनपुरका अध्यक्ष समेत रहेका सिंहले बजारमा ल्याएको सुदूरपश्चिमेली मौलिकपन भएको उक्त गीतमा उनलाई चर्चित गायिका संगीता बडुवालले स्वरमा साथ दिएकी छन् ।

चर्चित कलाकार सूर्य बिरही साउँदको शब्द सँगीत रहेको गीतको एरेञ्ज भुवन प्रकाश बडूले गरेका हुन्। गीतको भिडियोमा भुपी उपाध्याय र मनिषा रावल मुख्य कलाकारको रूपमा छन् भने अनिल चन्द, भिम थापा र गोविन्द ऐर सहायक कलाकारको भूमिकामा छन्। उक्त गीतको भिडियोलाई भिम थापाले निर्देशन गरेका हुन् भने क्यामेरा तथा ड्रोनमा अमृत उपाध्यायले साथ दिएका छन्। सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रहरूमा गीतको छायांकन गरिएको छ ।

nawajiwan
Attariya Hospital

बुबा धन बहादुर सिंह र आमा लक्ष्मी सिंहका दोस्रो सन्तानका रूपमा २०४१ फाल्गुन ९ मा जन्मिएका गायक सिंहले बिबिएससम्मको अध्ययन गरेका छन् ।
वि.स. २०६६ सालमा वैदेशिक रोजगारीको शिलशिलामा युएईमा परदेशी जीवन विताएका उनले डोटीमा गैरसरकारी क्षेत्रमा पनि काम गरेको अनुभव उनिसङ्ग छ ।

२०७२ सालमा ऊनी सरकारी सेवामा प्रवेश गरेका हुन् ।
नयाँ पुस्ताका कलाकारहरुलाई आफ्नो डेउडा संस्कृतिप्रति माया र संरक्षणको भावना जागिरहोस भन्ने संदेश दिदै आफुले पनि जागीर र कलाकारितालाई आगामी दिनमा सङ्गसङ्गै लैजाने उनको भनाइ छ ।
हेर्नुहोस् गीतको भिडियो –

Advertize US