लागू औषधविरुद्ध सरस्वती माविमा सचेतना कार्यक्रम सम्पन्न

Image
Nisarga Hospital

कैलालीको गोदावरी नगरपालिका–९ स्थित सरस्वती माध्यमिक विद्यालयमा सोमबार लागू औषध दुव्र्यसनविरुद्ध सचेतना कार्यक्रम सम्पन्न भएको छ। विद्यालय प्रांगणमा आयोजित सो कार्यक्रम विद्यार्थी, अभिभावक, शिक्षक तथा समाजसेवीहरूको उल्लेख्य उपस्थिति बीच सम्पन्न भएको हो।

CP Hospital Dhangadhi

कार्यक्रमको अध्यक्षता टाइगर न्युज सञ्चालक समिति सदस्य प्रकाश बोहराले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा वडा नं. ९ का वडाध्यक्ष रामलाल राना सहभागी हुनु भएको थियो।

सो अवसरमा लागू औषध दुव्र्यसनसम्बन्धी प्रशिक्षण इलाका प्रहरी कार्यालय मालाखेतीका इन्स्पेक्टर दानबहादुर भण्डारी र चर्चित लोकदोहोरी तथा देउडा गायक दीर्घराज फुलाराले दिनुभएको थियो।

nawajiwan

प्रशिक्षक इन्स्पेक्टर भण्डारीले लागू औषधका कारण युवाहरू कसरी जीवनको गलत मार्गमा लाग्ने गर्छन् भन्ने तथ्य प्रस्तुत गर्दै सामाजिक संरचनामा यसको असर र जोखिमबारे विद्यार्थीहरूलाई सचेत गराउनुभयो। उहाँले भन्नुभयो, “लागू औषध केवल शरीरलाई मात्र होइन, परिवार, समाज र राष्ट्रकै मेरुदण्डलाई भत्काउने खतरनाक तत्व भएको प्रशिक्षण दौरानमा बताएका थिए ।” र यस्ता खालका तत्त्वहरूबाट र ती खालमा लागेका व्यक्तिहरूबाट अलि टाढै रहनुपर्ने र कुनै किसिमका त्यस्ता अराजक क्रियाकलाप भइरहेका छन् भने आफूहरुलाई जानकारी गराउन समेत इन्स्टिटर भण्डारले बताए ।

त्यस्तै, गायक दीर्घराज फुलाराले संगीतको माध्यमबाट युवाहरूलाई सकारात्मक बाटोमा हिँड्न प्रेरणा दिने प्रयास गर्नुभएको थियो। उहाँले आफ्ना देउडा गीतमार्फत लागू औषधको प्रभाव, त्यस्ता तत्वहरूसँगको संगतबाट हुने हानि र त्यसबाट टाढा रहने उपायहरूबारे सन्देशमूलक प्रस्तुति दिनुभएको थियो। उहाँले भनुभयो, “लहे लहेमा लागेर धेरैले जीवन बर्बाद गरेका छन्, गीतमार्फत म यही चेतना दिइरहेको उहाँले बताएका थिए। ”

Attariya Hospital

कार्यक्रममा सरस्वती माध्यमिक विद्यालयका सह–प्रधानाध्यापक सागर जोशीले पनि मन्तव्य राख्दै विद्यालयले यस्ता सामाजिक सरोकारका कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता जनाउनुभयो। उहाँले भने, “शिक्षा केवल पाठ्यपुस्तकमा सीमित हुँदैन, समाजका विकृति र विसंगतिबाट विद्यार्थीलाई जोगाउनु पनि हाम्रो कर्तव्य भएको उहाँले बताएका थिए। तर जुन खालको आज यो एउटा प्रोग्राम यहाँ सञ्चालन गर्यो र सञ्चालन गर्ने आइजक टिमलाई धेरै धेरै धन्यवाद समेत उहाँले दिनुभएको थियो ।”

सचेतनामूलक प्रशिक्षणमा सहभागी विद्यार्थीहरूले लागू औषध सम्बन्धी महत्वपूर्ण जानकारी प्राप्त गरेको जनाएका छन्। उनीहरूले यस्तो प्रशिक्षणले आफूहरूमा चेतना र आत्मरक्षा गर्ने सोच विकास भएको प्रतिक्रिया दिएका थिए।

उक्त कार्यक्रमले समुदायमै लागू औषधविरुद्धको जनचेतना फैलाउने उद्देश्य राखेको आयोजकले जनाएकाे छ। वडा कार्यालय र इलाका प्रहरी कार्यालय मालाखेतीको सहकार्यमा आयोजना गरिएको कार्यक्रमले लागू औषधजस्ता सामाजिक बिपत्तिविरुद्ध स्थानीय तहबाटै चेतनामूलक अभियानको आवश्यकता औंल्याएका थिए ।

कार्यक्रम समापनमा आयोजक प्रकाश बोहराले धन्यवाद ज्ञापन गर्दै समाजका हरेक तहबाट यस्ता अभियन्ताहरूलाई साथ र सम्मान गर्नु पर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, “समाज बचाउने हो भने शिक्षाले मात्र पुग्दैन, सचेतना र सक्रियता पनि अत्यावश्यक उहाँको भनाई थियो। ”

कार्यक्रममा सहभागी शिक्षक, अभिभावक र स्थानीय सरोकारवालाहरूले पनि युवापुस्तालाई यस्ता गलत लतबाट जोगाउन सामूहिक प्रयासको कदमलाई अगाडि बढाएर हामी सबै लाग्नुपर्ने सबैको तर्क र भनाइ थियो।

Advertize US