डडेल्धुरामा सर्पले डसेर कक्षा ९ मा अध्ययरत किशोरको मृत्यु

Image
Nisarga Hospital

अत्तरिया : डडेल्धुरामा सर्पले डसेर १३ वर्षीय किशोरको मृत्यु भएको छ । बिहीबार परशुराम नगरपालिका–७ सादनीका १३ वर्षीय किशोर प्रकाश भट्टराईको सर्पले डसेर मृत्यु भएको हो ।

CP Hospital Dhangadhi

जोगबुडास्थित इलाका प्रहरी कार्यालयका प्रमुख सुरेश रोकायाका अनुसार बिहीबार बिहान शौचालय गएका भट्टराईलाई सर्पले डसेको थियो ।

Attariya Hospital

तत्काल अस्पताल पुर्‍याइएका उनको उपचारका क्रममा मृत्यु भएको हो । उनी स्थानीय शिवशंकर माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत थिए ।

nawajiwan

# ट्रेण्डिङ