स्काउटका गतिविधिले समाजमा सकारात्मक सन्देश दिएको छ : प्रदेश प्रमुख मियाँ

Image
Nisarga Hospital

प्रदेश प्रमुख प्रमुख नजिर मियाँले स्काउटका गतिविधिले समाजमा सकारात्मक सन्देश दिएको बताएका छन्। कैलालीको पहलमानपुरस्थित कलम बम मेमोरियल स्कुलमा सम्पन्न स्काउट दिवस विशेष कार्यक्रममा प्रदेश प्रमुख मियाँले स्काउटका क्रियाकलापहरूले विद्यार्थीलाई सामाजिक विषयवस्तु बुझ्न सहयोग गर्दै आएको बताए।

CP Hospital Dhangadhi

अहिलेको समय नैतिक शिक्षाको खाँचो भएको भन्दै उहाँले स्काउटमार्फत यस्तो शिक्षा फैलिइरहेकोमा प्रसन्नता व्यक्त गरेका थिए । कार्यक्रममा घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडक रावतले मानवीय विकास प्राथमिकमा राखेको भन्दै स्काउटले त्यस्ता गतिविधि गरिरहेको भन्दै प्रसंशा गरेका थिए।

स्काउट सुदूरपश्चिम प्रदेशका प्रमुख आयुक्त नरेन्द्र थापाले सबै जिल्लामा स्काउटको कमको उच्च प्रशंसनीय गर्दै उज्ज्वल भविष्य निर्माणमा स्काउटले ठूलो भूमिका खेल्ने धारणा राखे।

nawajiwan
Attariya Hospital

कार्यक्रममा वक्तृत्वकला, हाजिर जवाफ र चित्रकला विजेताहरुलाई पुरस्कार वितरण गरिएको थियो। कार्यक्रममा घोडाघोडी नगरपालिकाका उपसचिव खगेन्द्र सिंह र स्काउट अभियानी भीम अम्बईले पनि स्काउटको वर्तमान अवस्था र महत्त्वबारे प्रकाश पारेका थिए।

अम्बईलाई स्काउटको सफल अभियन्ताको रुपमा चित्रण गर्दै सम्मान गरिएको थियो। कलम बम मेमोरियल स्कुलका स्काउट संरक्षक युवराज बमको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।