इरान–इजरायल तनावबीच अस्ट्रेलियाले तेहरानस्थित दूतावास बन्द गर्‍यो

Image
Nisarga Hospital

इरान र इजरायलबीच बढ्दो तनावको कारण अस्ट्रेलियाले तेहरानस्थित आफ्ना दूतावासको कार्य सञ्चालन अस्थायी रूपमा बन्द गरेको छ। अस्ट्रेलियाली विदेशमन्त्री पेनी वोंगका अनुसार, क्षेत्रको सुरक्षास्थिति निरन्तर जटिल बन्दै गएकोले सबै अस्ट्रेलियाली कूटनीतिक कर्मचारी तथा उनीहरूका परिवार सदस्यलाई इरानबाट फिर्ता बोलाइएको हो।

CP Hospital Dhangadhi

यद्यपि दूतावास बन्द भए पनि अस्ट्रेलियाली राजदूत क्षेत्रमै रहने र संकट व्यवस्थापनमा सरकारलाई आवश्यक सहयोग पुर्‍याउने वोंगले स्पष्ट पारिन्। साथै, इरानमा रहेका अस्ट्रेलियाली नागरिकलाई स्वदेश फिर्ता ल्याउन सरकारले पहल गरिरहेको पनि उनले बताइन्। “इरानबाट फिर्ता ल्याउने विकल्प सीमित भए पनि हामी नागरिकको सुरक्षा सुनिश्चित गर्न हरसम्भव प्रयास गरिरहेका छौँ,” वोंगले भनिन्।

सीमा क्षेत्रमा सहयोग केन्द्र

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम दि गार्जियन का अनुसार, इरान छाड्न चाहने अस्ट्रेलियालीहरूलाई सहयोग पुर्‍याउन अजरबैजानको सीमा क्षेत्रमा अस्ट्रेलियाले कन्सुलर कर्मचारीहरू खटाएको छ। यो कदमले संकटग्रस्त क्षेत्रबाट सुरक्षित फिर्तीका लागि वैकल्पिक मार्ग खोल्ने अपेक्षा गरिएको छ।

Dhnagadhi & Krishanapur