गोदावरी नगरपालिकाको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै

Image
Nisarga Hospital

कैलालीको गोदावरी नगरपालिकाले आज आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको छ। नगरपालिकाले आज बिहान १० बजे गोदावरी–२, तेघरीस्थित पार्टनर रिसोर्टमा १४औं नगरसभा आयोजना गरी नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागेको हो।

CP Hospital Dhangadhi
Attariya Hospital

उक्त नगरसभामा नगर प्रमुख, उपप्रमुख, वडाध्यक्षहरू, जनप्रतिनिधि, कर्मचारी, स्थानीय सरोकारवालाहरूको उपस्थिति रहनेछ। नयाँ नीति तथा कार्यक्रममा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, रोजगार तथा स्थानीय विकासमा केन्द्रित योजना ल्याइने बताइएको छ।

नगरपालिकाले नीति तथा कार्यक्रममार्फत नगरको समग्र विकास, सेवा प्रवाहको प्रभावकारिता र जनउत्तरदायी शासन प्रणालीलाई प्राथमिकता दिने जनाएको छ। यसपटकको नीति तथा कार्यक्रम वातावरणमैत्री विकास, डिजिटल सेवा विस्तार, महिला तथा युवामैत्री कार्यक्रम र विपद् व्यवस्थापनलाई समेत समेट्ने अपेक्षा गरिएको छ।

नगरसभा सम्पन्न भएपछि पूर्णपाठ सार्वजनिक गरिने र त्यसपछि बजेट प्रस्तुत गरिने नगरपालिकाले जनाएको छ।

Advertize US