उत्तर कोरियाद्वारा इजरायली हवाई आक्रमणको कडा निन्दा

Image
ईरान माथी इजरायलले प्रहार गरेमो मिसाइल । तस्बिरः बिबिसी
Nisarga Hospital

उत्तर कोरियाले इरानमाथि इजरायलले हालै गरेको हवाई आक्रमणको कडा आलोचना गरेको छ। कोरियन सेन्ट्रल न्युज एजेन्सी (KCNA) का अनुसार, उत्तर कोरियाको विदेश मन्त्रालयका प्रवक्ताले इरानमाथि गरिएको आक्रमणलाई ‘आक्रामकताको घृणित कार्य’ भन्दै निन्दा गरेका छन्।

CP Hospital Dhangadhi

प्रवक्ताले इजरायली कदमले एक सार्वभौम राष्ट्रको स्वाधीनता र क्षेत्रीय अखण्डताको उल्लंघन गरेको बताउँदै, यसले मानवता विरुद्धको अक्षम्य अपराध प्रतिबिम्बित गर्ने बताएका छन्। साथै, यस्तो कार्यले मध्यपूर्वमा नयाँ युद्धको खतरा निम्त्याएको भन्दै गम्भीर चिन्ता व्यक्त गरिएको छ।

Attariya Hospital

KCNA ले अधिकारीलाई उद्धृत गर्दै भनेको छ, “हाल देखिएको खतरापूर्ण अवस्था प्रमाण हो कि इजरायली सैन्य इकाइहरू विश्व शान्ति र सुरक्षाका प्रमुख विनाशकारी तत्व हुन्।”

nawajiwan

उत्तर कोरियाले अन्तर्राष्ट्रिय समुदायलाई यस्तो आक्रामक व्यवहारको विरोध गर्न आह्वान गर्दै, इरानको सार्वभौमिकताको सम्मानमा उभिन आग्रह गरेको छ।

# ट्रेण्डिङ