मंगलसेन नगरपालिका पूर्णखोप सुनिश्चित नगर घोषणा

Image
Nisarga Hospital

अछामको मंगलसेन नगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपनाको रूपमा घोषणा गरिएको छ। नगर क्षेत्रभित्र जन्मेदेखि १५ महिनासम्मका ४११ बालबालिकामध्ये सबैले नियमित खोप प्राप्त गरेपछि यो घोषणा गरिएको हो।

CP Hospital Dhangadhi

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भुमिनन्द ढुंगानाका अनुसार, सुरुमा ४०४ बालबालिकाले नियमित खोप लिएका थिए। सर्वेक्षणका क्रममा छुटिएका ७ जना बालबालिकालाई खोप दिएपछि पूर्णखोप सुनिश्चितता घोषणा गर्न सकिएको हो।

१४ वटा वडाबाट प्राप्त विवरणअनुसार सबै वडाका बालबालिकाले खोप पाएको पुष्टि भएपछि मंगलसेन नगरपालिका नै पूर्णखोप सुनिश्चित नगर घोषणा गरिएको हो। नगरपालिकाले जेठ ११ देखि असार १ गतेसम्म चरणबद्ध रूपमा वडाहरूलाई पूर्णखोप वडा घोषणा गरिसकेको थियो।

nawajiwan
Attariya Hospital

नगरप्रमुख पदम बहादुर बोहराले आयोजित समारोहमा औपचारिक रूपमा नगरपालिकालाई पूर्णखोप सुनिश्चित र दिगोपनाको नगर घोषणा गरेका हुन्।

स्वास्थ्य शाखाका अनुसार सबै वडामा खोप पाउने बालबालिकाको संख्या यकिन गरी तथ्यांकका आधारमा निर्णय गरिएको हो। यो उपलब्धिले बाल स्वास्थ्य सुरक्षातर्फ सकारात्मक संकेत दिएको बताइएको छ।