
अत्तरिया: कैलालीको अत्तरियामा सुदूरपश्चिम प्रदेशकै पहिलो आकाशे पुल निर्माण गरिने भएको छ।

गोदावरी नगरपालिकाको १५ औं नगर सभामा नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै नगरप्रमुख वीरेन्द्र भट्टले आगामी आर्थिक वर्ष २०८२/८३ मा आकाशे पुल निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको जानकारी दिए।
उनका अनुसार हाल उक्त पुल निर्माणका लागि सम्भाव्यता अध्ययनको प्रक्रिया अगाडि बढिसकेको छ। नगर प्रमुख भट्टले यस परियोजनालाई प्राथमिकताका साथ अघि बढाइने स्पष्ट पारे।


































