डोटीको आदर्श गाउँपालिकामा जिप दुर्घटना, दुईको मृत्यु, चार घाइते

Image
CP Hospital Dhangadhi

अत्तरिया, डोटी । डोटी जिल्लाको आदर्श गाउँपालिका–२ मौवामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

दुर्घटना शुक्रबार बिहान भएको जनाइएको छ। स्थानीय स्रोतका अनुसार जिप सडकबाट अनियन्त्रित भई खसेको थियो। दुर्घटनामा ज्यान गुमाउनेको पहिचान खुल्न बाँकी छ भने घाइते चार जनालाई उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा लगिएको छ।

nawajiwan
Attariya Hospital

हाल घटनास्थलमा प्रहरी टोली पुगिसकेको र दुर्घटनाको विस्तृत विवरण संकलन भइरहेको डोटी जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

अधिक जानकारी आउन बाँकी रहेकोले समाचार अपडेट हुँदै जानेछ।