१५ वर्षीय बालक सौरब बहादुर सिंह च्यासलबाट हराए, परिवारको खोजीमा सहयोगको अपील

Image
Nisarga Hospital

असार १ गते राति करिब ११ बजेको समयमा ललितपुर महानगरपालिका–९, च्यासलबाट १५ वर्षीय एक किशोर हराएका छन्। जयपृथ्वी नगरपालिका–१, बझाङ स्थायी घर भई हाल ललितपुरमा अस्थायी रूपमा बसोबास गर्दै आएका सौरब बहादुर सिंह हराएको परिवारले जानकारी दिएको छ।

CP Hospital Dhangadhi
Attariya Hospital

सौरब ललितपुरस्थित श्रमिक शान्ति माध्यमिक विद्यालय, च्यासलमा कक्षा १० मा अध्ययनरत थिए। उनी असार १ गते रातिदेखि सम्पर्कविहीन भएका हुन्। परिवारजनले चिन्ताजनक अवस्था महसुस गर्दै खोजी कार्यमा सहयोग गरिदिन सबैमा अपील गरेका छन्।

व्यक्तिगत विवरण:

  • नाम: सौरब बहादुर सिंह

  • उमेर: करिब १५ वर्ष

  • स्थायी ठेगाना: जयपृथ्वी नगरपालिका–१, बझाङ

  • अस्थायी ठेगाना: ललितपुर महानगरपालिका–९, च्यासल

  • बुबाको नाम: मानबहादुर सिंह

  • आमाको नाम: दन्तकला देवी सिंह

  • अध्ययनरत विद्यालय: श्रमिक शान्ति माध्यमिक विद्यालय, च्यासल

यदि उहाँबारे कुनै जानकारी वा देखिएको पुष्टि भएमा तलका सम्पर्क नम्बरमा तत्काल जानकारी गराइदिन हुन अनुरोध गरिन्छ:

📞 सम्पर्क नम्बरहरू:
9767940447 / 9868584168

तपाईंको सानो सहयोगले एक परिवारलाई ठूलो राहत मिल्न सक्छ। कृपया जानकारी भएमा तुरुन्त सम्पर्क गर्नुहोस्। 🙏

Advertize US