
कैलाली: गोदावरी नगरपालिकाको १५औँ नगरसभाको अवसरमा विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने ३ दर्जनभन्दा बढी व्यक्तित्वहरूलाई सम्मान गरिएको छ।

नगर प्रमुख विरेन्द्र भट्टको अध्यक्षतामा सम्पन्न नगरसभामा स्वास्थ्य सेवा, शिक्षा, प्रशासन, खेलकुद र सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तिहरूलाई सम्मानपत्र, दोसल्ला र अबिरसहित सम्मान गरिएको हो।
स्वास्थ्य र प्रशासनिक सेवामा योगदान दिने सम्मानितहरू:

अत्तरिया अस्पतालका सञ्चालक डा आनन्द पाठक
जनस्वास्थ्य निरीक्षक सत्यराज फुलारा (मालाखेती अस्पताल)
पशु सेवा शाखाका प्राविधिक टेक शाहु
योजना शाखा प्रमुख महाजित साउद
कार्यालय सहयोगी सहदेव भट्ट
वडा नं. ७ का कार्यालय सहयोगी अम्मर उपाध्याय
वडा नं. १ की वडा सचिव कुन्ता भण्डारी
वडा नं. २ का सहायक कम्प्युटर अपरेटर सिताराम पाली
कार्यालय सहयोगी देवकी जोशी
शैक्षिक क्षेत्रमा उल्लेखनीय उपलब्धि:
सामुदायिक विद्यालय लक्ष्मी मावि बुढीतोला

संस्थागत विद्यालय सत्यवती एकेडेमी (कक्षा ८ का दुई विद्यार्थीले ४ GPA)
लोटस आई एकेडेमी (कक्षा ८ का दुई विद्यार्थीले ४ GPA)
सामुदायिक सेवा र नेतृत्वतर्फ:
अत्तरिया सामुदायिक सिकाइ केन्द्रका पूर्व अध्यक्ष तथा पूर्व आपी शिक्षा विद् भीम बहादुर बलायर
पाटर्नर पार्टी प्यालेसका सञ्चालक भक्त बहादुर ठकुल्ला – नगरसभा आयोजना स्थल निःशुल्क उपलब्ध गराएबापत
खेलकुद र अवकाशप्राप्त कर्मचारी:
सैनिक आवासीय माविका खेल प्रशिक्षक तथा शिक्षक ईन्द्रबहादुर सिंह
रामचन्द्र जैशी (सीअहेव),
मोहन सिंह खत्री (अनिवार्य अवकाश),
दुर्गाप्रसाद जोशी र सीता देवी भट्ट (स्वैच्छिक अवकाश)
नगरपालिकाका अनुसार, स्थानीय तहमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्वहरूको सम्मानले उनीहरूलाई प्रोत्साहन दिने मात्र होइन, आगामी पुस्तालाई पनि प्रेरणा दिने विश्वास व्यक्त गरिएको छ।
नगरसभा गोदावरी नगरपालिका वडा नं. २ स्थित तेघरीको पार्टनर पार्टी प्यालेस (राजधानी रिसोर्ट) मा आयोजित थियो।
सभामा प्यालेसका सञ्चालक भक्त बहादुर ठकुल्लाले सभा हल निःशुल्क रूपमा उपलब्ध गराएको घोषणा गरेका थिए।
उक्त योगदानप्रति आभार प्रकट गर्दै नगरप्रमुख विरेन्द्र भट्टले ठकुल्लालाई दोसल्ला ओढाएर सार्वजनिक रूपमा सम्मान गरेका थिए।
नगरप्रमुख भट्टका अनुसार, गोदावरी नगरपालिकाको प्रशासकीय भवनमा रहेको सभा हल सानो भएकाले ठूलो सहभागिता हुने नगरसभा जस्ता कार्यक्रमका लागि सबैलाई अटाउने सुविधा छैन। प्रत्येक नगरसभामा करिब २ सयभन्दा बढी सहभागी हुने भएकाले समुचित व्यवस्थाका लागि वैकल्पिक स्थल प्रयोग गर्नु व्यवहारिक आवश्यकता भएको उनले बताए।
‘सामाजिक सञ्जालमा नगरपालिका “होटल भाडामा लिएको” भन्ने आशय दिइए पनि त्यो पूर्णरूपमा भ्रामक र एकपक्षीय प्रस्तुति हो। न त होटल भाडा तिर्नुपरेको छ, न त सार्वजनिक स्रोतको दुरुपयोग गरिएको छ। बरु निजी क्षेत्रको स्वस्फूर्त सहयोगमा सम्पन्न गरिएको यो नगरसभा सार्वजनिक–निजी सहकार्यको सकारात्मक उदाहरण हो,’ नगरप्रमुख भट्टले स्पष्ट पारे।





























