
अत्तरियाः सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला अन्तर्गत गोदावरी नगरपालिका–४ ले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि बहुप्रतीक्षित योजनाहरूसहित ऐतिहासिक विकासको बाटो समातेको छ। वडाबासीको दीर्घकालीन समस्यालाई प्राथमिकता दिँदै प्रदेश सरकारमार्फत विभिन्न योजना कार्यान्वयनको सुनिश्चितता गरिएको वडा अध्यक्ष हेम प्रकाश मल्लले जानकारी दिए।

यस योजनालाई मूर्त रूप दिन कैलाली क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति वीर बहादुर बलायर, गोदावरी नगर प्रमुख बिरेन्द्र भट्ट, सुदूरपश्चिमका राज्यमन्त्री प्रकाश बम, प्रदेशसभा सदस्य तुलसी देवकोटा, प्रदेशसभा सदस्य खेमा बिष्ट, कांग्रेस क्षेत्र नं. ४ का सभापति वसन्त रोकाया, गोदावरी नगर सभापति वीर बहादुर चोखाल, नेकपा एमालेका नेता लेखराज भट्ट र गणेश जिमी साउद लगायत सरोकारवाला निकाय प्रतिनिधि सँगै अन्य विशेष भूमिका सँगै प्रदेशका कर्मचारीको भुमिका रहेको बताएका छन । धर्मिक पर्यटकिय क्षेत्र गोदावरी धाम सँगै गोदावरी आर्यघाट सँगै बिकट बस्ती फुलबस्तीको बिकास प्रबद्घनका लागि जोड दिएको जानकारी वडा अध्यक्ष मल्लले बताए ।
वडा अध्यक्ष म्ल्लले भने, वडाको विकासप्रति आफ्नो गहिरो प्रतिबद्धता व्यक्त गर्दै भनेका छन्,“सदियौँदेखि पछि परेको र गोदावरी नगरपालिकाको बिकट वडाको रुपमा रहेको १२ र ४ मा जति नै बिकास गर्न खोज्दा नी भौगोलिक समस्या भएकोले हाम्रो वडाको विकासका प्रदेश सरकारका ४० ओटा योजनाहरुले केही हदको लागि काममा साकार बन्ने बताएाक छन । यो उपलब्धि सबै जनप्रतिनिधि र सरोकारवाला निकायको सहयोगको परिणाम हो। म सबैलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु।”


गोदावरी–४ मा भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, रोजगारी सिर्जना लगायत क्षेत्र समेटिएका योजनाहरू यस्ता छन्:


































