अनुपमा अलराउन्डर्सले जित्यो पिएफए भेट्रान्स कप, उपबिजेतामै सिमित रह्यो न्यू ग्वासी साहारा क्यापिटल्स

Image
Nisarga Hospital

अत्तरियाः गोदावरी नगरपालिका अत्तरियामा पिएफए भेट्रान्स कप क्रिकेट टुर्नामेन्ट सम्पन्न भएको छ । जेठ २५ देखि असार ७ सम्म गोदावरी नगरपालिकाको बनखेत अत्तरियामा आयोजना भएको “क्यारियर स्टेसन पिएफए भेटरन्स कप २०८२” को छैठौं संस्करण सफलतापूर्वक सम्पन्न भएको छ।

CP Hospital Dhangadhi

यस प्रतियोगिताको उत्कृष्ट प्रदर्शनी गर्दै अनुपमा अलराउन्डर्स (एएल) टोली विजेता घोषित भएको छ भने न्यू ग्वाशी सहरा क्यापिटल्स (एनजीएस) उपविजेता बनेको छ।

nawajiwan

पिएफए भेटरन्स कप २०८२ को छैठौं संस्करणको फाइनलमा अनुपमा अलराउन्डर्सले न्यू ग्वाशी सहरा क्यापिटल्सलाई ७४ रनले पराजित गर्दै उपाधि जितेको छ। टस जितेर ब्याटिङ रोजेको अनुपमा अलराउन्डर्सले बिस ओभरमा ८ विकेट गुमाउदै ११२ रन बनाएको थियो भने, जवाफी ब्याटिङमा उत्रिएको न्यू ग्वाशी सहरा ११.५ ओभरमा नै सबै विकेट गुमाएर ३८ रनमै सिमित बन्यो ।

बिजेता टिम अनुपमा अलराउन्डर्सले नगद रु. १ लाख सहित ट्रफि, मेडल र प्रमाणपत्र र दृतीय भएको न्यू ग्वाशी सहरा क्यापिटल्स टिमलाई नगद रु. ५५ हजार रुपैया सहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

Attariya Hospital

  • अनुपमा अलराउन्डर्सले न्यू ग्वाशी सहरा क्यापिटल्स विरुद्ध ७४ रनको ठूलो अन्तरले जित हासिल गरेको थियो।

  • बिषेश पुरस्कारहरू:

    • बेस्ट बलर: न्यू ग्वाशीका गोविन्द भट्ट

    • बेस्ट ब्याट्सम्यान: अनुपमा अलराउन्डर्सका मनोज घटाल

    • प्लेयर अफ द टुर्नामेन्ट: अनुपमा अलराउन्डर्सका प्रेम सिंह साउद

    • म्यान अफ द म्याच: अनुपमा अलराउन्डर्सका प्रेम बहादुर साउद

गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले विजेता र उपविजेता टिमलाई पुरस्कार, मेडल, र प्रमाणपत्र बाँड्दै बधाई दिए। उनले भने, “हारजित खेलको नियम हो। हार्ने टिमले अझै मेहनत गरेर आगामी वर्षमा जित्ने आशा राख्छौं। विजेता टिमलाई शुभकामना साथै अझै प्रगतिको कामना गर्दछौं।”

oplus_0

यसरी, अनुपमा अलराउन्डर्सले टुर्नामेन्टभरि देखाएको व्यावसायिकता र टिमवर्कको बदौलत उपाधि जित्न सफल भएको छ। यसले नेपाली भेटरन क्रिकेटको स्तरमा नयाँ मानक स्थापित गरेको छ।