
बैतडी: बैतडीको सिगास गाउँपालिकाले आर्थिक वर्ष २०८२।२०८३ का लागि ५५ करोड बढीको बजेट ल्याएको छ । सिगास गाउँपालिकाको १७ औँ गाउँसभाको दोस्रो बैठकमा गाउँपालिका उपाध्यक्ष धाना धामीले आगामी आर्थिक वर्षका लागि कूल रु. ५५ करोड ९० लाख ७४ हजार १ सय ९ को अनुमानित बजेट पेश गर्नुभएको हो ।


सो बजेट मध्ये आयतर्फ नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानतर्फ ९ करोड ६० लाख र सुदूरपश्चिम प्रदेश सरकारबाट प्राप्त हुने समानीकरण अनुदानतर्फ ८२ लाख ३० हजार, नेपाल सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँड तर्फ १० करोड ७३ लाख ९८ हजार १ सय ९, प्रदेश सरकारबाट प्राप्त हुने राजस्व (सवारी कर) २९ लाख ७१ हजार, नेपाल सरकारबाट प्राप्त हुने सशर्त अनुदान तर्फ २२ करोड ९९ लाख र प्रदेश सरकारबाट प्राप्त हुने सशर्त अनुदान तर्फ ७० लाख, आन्तरिक आय तर्फ रु. ७६ लाख १५ हजार, चालु आ.व. मा हुन सक्ने बैंक मौज्दात रु. ४ करोड ७० लाख ६० हजार समेत गरी कूल रु. ५५ करोड ९० लाख ७४ हजार १०९ आम्दानी हुने अनुमान गरिएको सिगास गाउँपालिकाले जनाएको छ ।



जसमध्ये चालु तर्फ जम्मा विनियोजन रकम ३७ करोड ४९ लाख ६७ हजार १ सय ९ अर्थात् ६७.७ प्रतिशत र पुँजीगत तर्फ र १८ करोड ४१ लाख ७ हजार अर्थात् ३२. ९३ प्रतिशत रकम विनियोजन गरिएको सिगास गाउँपालिका उपाध्यक्ष धाना धामीले जानकारी दिनुभयो ।


अर्को बैठक अर्थात १७ औँ गाउँसभाको तेस्रो बैठक सभाका अध्यक्ष हरि सिंह धामीले असार १० गते आह्वान गर्नुभएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले बताए ।

सिगास गाउँपालिकाको आर्थिक वर्ष २०८२।८३ को बजेट हेर्नुहोस् ।




















