RIRS प्रविधिबाट मिर्गौलाका स्टोनको सफल उपचार गरिरहेको अत्तरिया हस्पिटलले ब्लड बैंक स्थापना अपरिहार्य

Image
oplus_0
Nisarga Hospital

उच्चस्तरीय RIRS प्रविधिमार्फत मिर्गौलामा भएका स्टोनहरूको सफल उपचार गर्दै आएको अत्तरिया हस्पिटल प्रा.लि.ले सुदूरपश्चिममा पहिलोपटक पूर्ण क्षमताको सिटिस्क्यान सेवा सञ्चालनमा ल्याएको छ।

CP Hospital Dhangadhi
Attariya Hospital

स्वास्थ्य सेवा विस्तारका क्रममा अस्पतालले हरेक दिन मुटु सम्बन्धी अत्याधुनिक सेवा—TMT, होल्टर मोनिटरिङ र एको—नियमितरूपमा प्रदान गर्दै आएको छ। अस्पतालले यी सेवाबाट गोदावरी नगरवासीसहित सिंगो सुदूरपश्चिमलाई लक्षित गर्दै गुणस्तरीय उपचार सुविधा प्रदान गरिरहेको जनाएको छ।

अस्पतालका सञ्चालक आनन्द पाठकले स्वास्थ्य प्रणालीलाई थप प्रभावकारी बनाउने सन्दर्भमा ब्लड बैंकको स्थापना अत्यावश्यक रहेको धारणा व्यक्त गर्नुभयो। आकस्मिक अवस्था तथा गम्भीर उपचारका क्रममा रक्त आपूर्तिमा सहजता ल्याउन नगरपालिका स्तरमै ब्लड बैंक हुनु अपरिहार्य भएको उहाँको भनाइ छ।

पछिल्लो समय अत्तरिया हस्पिटलले विभिन्न अत्याधुनिक उपकरण तथा विशेषज्ञ सेवा विस्तार गर्दै आइरहेको छ, जसले सुदूरपश्चिमवासीहरूलाई छिटो, सहज र भरपर्दो उपचारमा ठूलो मद्दत पुर्‍याएको छ।

Advertize US