धनगढी उपमहानगरमा तीन वर्षमा २५ किमि सडक कालोपत्र, ११ मोटरेबल पुल निर्माण

Image
Nisarga Hospital

धनगढी उपमहानगरपालिकाले पछिल्ला तीन वर्षमा २५ दशमलव ४ किलोमिटर मात्र सडक कालोपत्र गरेको छ। नगर प्रमुख गोपाल हमालको नेतृत्वमा आएको कार्यकालको तीन वर्षमा यो प्रगति भएको हो।

CP Hospital Dhangadhi

शनिबार सम्पन्न तेह्रो नगरसभाबाट पारित आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रमअनुसार उपमहानगरले चालु आर्थिक वर्षको जेठ महिनासम्म ७.२ किलोमिटर सडक कालोपत्र गरेको जनाएको छ।

तीन वर्षमा ११ मोटरेबल पुल
तीन वर्षको अवधिमा उपमहानगरपालिकाले ११ वटा मोटरेबल पुल निर्माण गरी सञ्चालनमा ल्याएको छ। चालु आर्थिक वर्षमा मात्रै पाँच वटा मोटरेबल र तीन वटा झोलुङ्गे पुल निर्माण गरिएको छ।

nawajiwan
Attariya Hospital

झोलुङ्गे पुलहरू धनगढी–७ पटेला र वडा नं. १५ शान्तिकटान, कैलाली खोला (नाष्ट कलेज नजिक), जनता राष्ट्रिय मावि (वडा नं. १३), तारानगर–रेडक्रस क्षेत्र, साथी होटल पछाडि र नवदुर्गा मन्दिर (वडा नं. १) जोड्ने स्थानहरूमा निर्माण गरिएका हुन्।

१४३ किलोमिटर सडक ग्राभेल
नीति तथा कार्यक्रममा अनुसार तीन वर्षमा उपमहानगरले १४३ किलोमिटर सडकमा ग्राभेल गरेको छ। चालु आर्थिक वर्षमा मात्रै ४२.५ किलोमिटर सडक ग्राभेल गरिएको छ। उपमहानगरले सडक निर्माणमा आफ्नै स्रोतसाधन प्रयोग गर्दै आएको जनाएको छ।

आठ स्थानमा पार्किङ स्थल
धनगढी बजार क्षेत्रमा ६ हजार ४९० वर्गमिटर क्षेत्रफलमा आठ वटा पार्किङ स्थल निर्माण गरिएको छ। सरकारी कार्यालयहरूलाई सडक क्षेत्र खाली गर्न लगाएर पार्किङ सुविधा विस्तार गरिएको हो।