गाजामा इजरायली सेनाको अपरेशनमा तीन बन्धकको शव फेला,बिपिन जोशीको अवस्था अझै अज्ञात

Image
Nisarga Hospital

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजा पट्टीमा हालै गरिएको सैन्य अपरेशनको क्रममा तीन जना इजरायली बन्धकहरूको शव फेला परेको जानकारी दिएका छन्।
शनिबार फेला परेका शवहरूमा योनाटन समेरानो, ओफ्रा केइदार र स्टाफ सार्जेन्ट शाई लेभिनसन रहेका छन्।

CP Hospital Dhangadhi

प्रधानमन्त्री नेतान्याहूले विज्ञप्तिमार्फत् यो जानकारी सार्वजनिक गर्दै सफल अपरेशनका लागि सेनाका कमाण्डरहरूलाई धन्यवाद दिएका छन्।

अक्टोबर ७ को हमलापछि गाजामा सैन्य कारबाही
२०७९ असोज २० गते (२०२३ अक्टोबर ७) मा हमासको नेतृत्वमा इजरायलमाथि भएको आक्रमणपछि इजरायली सेनाले गाजा क्षेत्रमा व्यापक सैन्य कारबाही थालेको हो।
उक्त आक्रमणमा करिब १,२०० जनाले ज्यान गुमाएका थिए भने २५१ जनालाई हमासले बन्धक बनाएको थियो।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

इजरायली सेनाका अनुसार हालसम्म तीमध्ये ५४ जना अझै हमासको कब्जामा रहेका छन्, जसमध्ये ३१ जनाको मृत्यु भइसकेको पुष्टि भएको छ।

हमास आक्रमणमा १० नेपालीको मृत्यु, १ जनाको अवस्था अज्ञात
हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको निधन भएको थियो। उनीहरू ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका थिए।

मृत्यु हुनेमा कैलालीका नारायणप्रसाद न्यौपाने, आशिष चौधरी, बझाङका गणेशकुमार नेपाली, दार्चुलाका दीपेशराज विष्ट, लोकेन्द्र सिंह धामी, धनुषाका आनन्द शाह, सुनसरीका राजेशकुमार स्वरंकार, डोटीका राजन फुलारा, पदम थापा र सल्यानका प्रवेश भण्डारी छन्।

त्यस्तै, कञ्चनपुरका विपिन जोशीलाई हमासले बन्धक बनाएको थियो, तर हालसम्म उनको अवस्था अज्ञात छ।
सरकारले उनको अवस्था पत्ता लगाउने प्रयास गरिरहेको भए पनि हालसम्म ठोस प्रगति नभएको बताइएको छ।

Dhnagadhi & Krishanapur