बाजुरा बाम्का बजारका अग्नी पीडितलाई आवश्यक सामग्री वितरण

Image
Nisarga Hospital

बाजुरा : बाजुराको बुढिगंगा नगरपालिका–३ स्थित बाम्का बजारका आगलागी पीडितलाई खाद्यान्न तथा नगद राहत सहयोग हस्तान्तरण गरिएको छ । जेठ २३ गते भएको आगलागीबाट दर्जनौं पसल पूर्णरूपमा नष्ट भएका थिए भने केही आंशिक रूपमा जलेका थिए ।

CP Hospital Dhangadhi

उक्त घटनापछि देश तथा विदेशमा रहेका सहयोगी व्यक्तिहरू, हेम माया फाउन्डेसन, दिदीबहिनी फाउन्डेसन, अमर क्षेत्री फाउन्डेसन, इशा फाउन्डेसन, वञ्च्छु शेर्पा ट्रस्ट लगायत विभिन्न संघसंस्थाबाट संकलित राहत सामग्री बाम्का बजारमै पुगेर वितरण गरिएको हो । समाजसेवी ज्वाला संग्रौला र लक्ष्मी बोगटी कुँवरको संयुक्त पहलमा आयोजित कार्यक्रममा पीडितहरूलाई राहत प्रदान गरिएको हो ।

अभियन्ता लक्ष्मी कुँवरका अनुसार, १० दिनसम्म सञ्चालन गरिएको सहयोग अभियानमार्फत संकलन भएको रकमबाट दुई लाख रुपैयाँभन्दा बढी मूल्यका खाद्यान्न तथा आवश्यक सामग्री सहयोग स्वरूप प्रदान गरिएको हो । राहत सामग्रीमा चामल, दाल, तेल, ओढ्ने ब्लाङ्केट, भाँडाकुँडा (बाटा, डसिना) लगायत सामग्री समावेश थिए । साथै, प्रत्येक पीडित परिवारलाई नगद ५२ हजार रुपैयाँ समेत प्रदान गरिएको थियो ।

nawajiwan
Attariya Hospital

राहत प्राप्त गरेपछि पीडित रामबहादुर ऐडी र छत्र थापाले राहत संकलनमा जुटेका सम्पूर्ण सहयोगीप्रति आभार प्रकट गर्दै यस्तो विपद्को समयमा सहयोगले आफूहरूलाई ठूलो संबल मिलेको बताए । राहत संकलन समिति संयोजकले भने, व्यापारिक हितका लागि देश–विदेशमा रहेका व्यक्तिहरू तथा संस्थाहरूले पु¥याएको योगदान अतुलनीय रहेको र यसले आपसी सहयोग तथा सद्भावको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको बताए ।

अभियन्ता ज्वाला संग्रौला र लक्ष्मी बोगटी कुँवरले बाम्काका व्यापारी तथा पीडित परिवारलाई सहयोग प्रदान गर्नु आफ्नो सामाजिक दायित्व भएको भन्दै आगामी दिनमा पनि यस्ता मानवीय कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।