चिसापानी–मंगलसेन सडक निर्माणमा ढिलाइ, अछामवासी वर्षायाममा सास्तीमा

Image
Nisarga Hospital

सुदूरपश्चिम प्रदेश सरकारको गौरवको आयोजनाअन्तर्गतको चिसापानी–जंगलघाट–मंगलसेन सडक निर्माणमा ढिलाइ हुँदा अछामका स्थानीयवासीले वर्षायाममा गम्भीर सास्ती भोग्नुपरेको छ। तुर्माखाँद गाउँपालिका–६ का स्थानीय अम्मर न्यौपानेका अनुसार पुनेपाटा–बाँसकाँडा–जंगलघाट खण्ड हिलाम्मे बनेको छ, जसले बिरामी, गर्भवती महिला र बालबालिकाको आवागमनमा कठिनाइ पुर्याएको छ।

CP Hospital Dhangadhi

२३ किलोमिटरको गैरीटाँड–कमलबजार–बाँसकाँडा सडकको शिलान्यास २०७९ सालमा भौतिक पूर्वाधार मन्त्री प्रकाशबहादुर देउवाले गरेका थिए। काम अन्तिम चरणमा पुगे पनि निर्धारित म्यादभन्दा झन्डै तीन वर्ष ढिलो भइरहेको छ।

बाँसकाँडा–तुर्माखाँद–जंगलघाट खण्डको स्तरोन्नतिको ठेक्का २०७७ जेठ ९ मा बानियाँ निर्माण सेवा प्रालिसँग ९ करोड ४७ लाख रुपैयाँमा सम्झौता भएको थियो। २०७८ असार ३ देखि काम थालिए पनि हालसम्म ७७ प्रतिशत मात्र सम्पन्न भएको पूर्वाधार विकास कार्यालय अछामले जनाएको छ। बाँकी काम सम्पन्न गर्न म्याद थप्ने प्रक्रिया अघि बढाइएको इन्जिनियर देवीप्रसाद ढुंगानाले जानकारी दिए।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

यो सडक योजना २०२८ सालमै सुरु भएको हो। अछामका पूर्व सभापति हरिप्रसाद भण्डारीले भारतको तिकुनियाबाट जिप बोकेर मंगलसेन पुर्‍याएको दिन सम्झिँदा सडकको वर्तमान स्थिति निराशाजनक देखिन्छ।

करीब ११० किलोमिटर लामो यो सडक पूरा भएमा कैलाली–अछाम दूरी झन्डै २०० किलोमिटरले छोटिनेछ। साथै, कैलाली, सुर्खेत, अछाम, बाजुरा, हुम्ला र कालीकोटका बासिन्दाका लागि यो मार्ग वैकल्पिक, सुरक्षित र छिटो यातायातको मुख्य सम्भावना हुनेछ।

Dhnagadhi & Krishanapur