गौरीगंगा नगरपालिकाको १ अर्ब १ करोड रुपैयाँ बजेट सार्वजनिक, शिक्षा र पूर्वाधारलाई प्राथमिकता

Image
Nisarga Hospital

अत्तरियाः कैलालीको गौरीगंगा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि १ अर्ब १ करोड ७६ लाख ३३ हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ। नगर उपप्रमुख भोजबहादुर वमले मंगलबार १८औँ नगरसभामा बजेट प्रस्तुत गरेका हुन्, जुन आजै सर्वसम्मत रूपमा पारित गरिएको छ।

CP Hospital Dhangadhi

बजेटमा संघीय समानीकरण अनुदानबाट १५ करोड ९४ लाख, संघीय सशर्त चालु अनुदान २३ करोड ३६ लाख र पुँजीगततर्फ १ करोड ४१ लाख रुपैयाँ प्रस्ताव गरिएको छ। साथै संघीय समपूरक, विशेष र प्रदेश सरकारका विभिन्न शीर्षकहरूबाट अनुदानको व्यवस्था गरिएको छ। मूल्य अभिवृद्धि करबाट १४ करोड ८६ लाख १९ हजार, घरजग्गा दस्तुरबाट २ करोड ८० लाख, सवारी करबाट ६३ लाख ४८ हजार र आन्तरिक राजस्वबाट ७ करोड ९ लाख ९५ हजार संकलन गरिने अनुमान गरिएको छ।

nawajiwan

Attariya Hospital

बजेटमा सामाजिक सुरक्षा तथा संरक्षण कार्यक्रममा १७ करोड ८९ लाख रुपैयाँ विनियोजन गरिएको छ। प्रशासनिक खर्चतर्फ १५ करोड ७१ लाख ४० हजार, जनस्वास्थ्य प्रवर्धनमा १ करोड ६६ लाख र योजना तथा पूर्वाधार विकासमा ३ करोड ७८ लाख ४३ हजार रुपैयाँ छुट्याइएको छ।

नगरका ११ वटै वडाका लागि ९ करोड २२ लाख, समपूरक कोषमा ३ करोड, शिक्षा, युवा तथा खेलकुदमा ७ करोड १० लाख, विपद् व्यवस्थापनमा १ करोड र कृषि तथा पशुपालनमा समेत बजेट विनियोजन गरिएको छ।

नगरपालिकाले स्थानीय कला, संस्कृति, भाषा तथा साहित्यको प्रवर्द्धनमा पनि विशेष प्राथमिकता दिएको छ। यसअघि नगर प्रमुख देवीदत्त कडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए, जुन नगरसभाबाट सर्वसम्मत पारित गरिएको थियो।