बैतडीका १० मध्ये ९ पालिकाले समयमै बजेट पारित, मेलौलीले भने सार्वजनिक गर्न सकेन

Image
Nisarga Hospital

बैतडीः  आर्थिक वर्ष २०८२/०८३ का लागि बैतडी जिल्लाका १० स्थानीय तहमध्ये ९ पालिकाले समयमै बजेट सार्वजनिक गरेका छन्। तर मेलौली नगरपालिकाले भने कानुनी समयसीमाभित्र बजेट ल्याउन नसकेको हो।

CP Hospital Dhangadhi
Attariya Hospital

संविधानअनुसार असार १० भित्र सबै स्थानीय तहले आगामी वर्षको बजेट पेस गर्नुपर्ने व्यवस्था छ। मेलौली नगरपालिकाले नीति तथा कार्यक्रम पारित गरिसकेको भए पनि बजेट भने असार १७ गते सार्वजनिक गर्ने तयारी भइरहेको प्रमुख प्रशासकीय अधिकृत नारायणबहादुर चन्दले जानकारी दिए।

जिल्लाको सबैभन्दा पुरानो नगरपालिका दशरथचन्दले ८८ करोड ३८ लाख ५० हजार रुपैयाँको बजेट उपप्रमुख कौशिला चन्दमार्फत प्रस्तुत गरी सर्वसम्मत पारित गरेको छ।

अन्य पालिकाको बजेट विवरण:

पालिका बजेट रकम
पाटन नगरपालिका ६६ करोड ९३ लाख
पुर्चौंडी नगरपालिका ६४ करोड १२ लाख
डिलाशैनी गाउँपालिका ६५ करोड २३ लाख ८५ हजार
सिगास गाउँपालिका ५५ करोड ९० लाख ७४ हजार
दोगडाकेदार गाउँपालिका ५२ करोड ६८ लाख ७४ हजार
सुर्नया गाउँपालिका ४५ करोड २२ लाख १० हजार (असार १६ मा पारित हुने तयारी)
पञ्चेश्वर गाउँपालिका ४२ करोड ८२ लाख ३० हजार
शिवनाथ गाउँपालिका ३८ करोड ४८ लाख २७ हजार

जिल्लाका अधिकांश पालिकाले पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमिकता दिएका छन्। तर केही पालिकामा राजनीतिक असहमति र समन्वयको अभावका कारण बजेट प्रक्रिया जटिल बनेको देखिन्छ।

मेलौली नगरपालिकाको ढिलाइप्रति स्थानीय नागरिकहरूमा चासो बढ्दो छ। नगरपालिकाले अब कुन योजनालाई प्राथमिकता दिनेछ भन्ने कुरामा सर्वसाधारणको ध्यान केन्द्रित भएको छ।