स्वास्थ्यकर्मीको समर्पणले जनविश्वास बलियो हुन्छ – गोदावरी प्रमुख प्रशासकीय अधिकृत विनाडी

Image
Nisarga Hospital

अत्तरिया: गोदावरी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत धर्मराज विनाडीले स्वास्थ्य क्षेत्रप्रति जनताको विश्वास अभिवृद्धि गर्न स्वास्थ्यकर्मीहरूको भूमिका महत्वपूर्ण हुने बताएका छन्। बुधबार नगर सभाहलमा आयोजित पूर्ण खोप सुनिश्चितता घोषणा कार्यक्रममा बोल्दै उनले स्वास्थ्यकर्मीहरू इमान्दार, उत्तरदायी र सेवामुखी बन्नुपर्नेमा जोड दिए।

CP Hospital Dhangadhi

“स्वास्थ्य एक संवेदनशील क्षेत्र हो, जुन जनजीवनसँग प्रत्यक्ष जोडिएको हुन्छ,” उनले भने, “यदि सेवा दिने सबैले इमानदारीपूर्वक काम गरे भने जनताको विश्वास जित्न सकिन्छ।” आफू पनि स्वास्थ्य क्षेत्रमा संलग्न रहेको अनुभव साझा गर्दै उनले उत्तरदायित्व र सेवामूलक भावना अत्यावश्यक रहेको धारणा व्यक्त गरे।

nawajiwan

विनाडीले तलब अभावका कारण मानसिक तनाव खेपिरहेका स्वास्थ्यकर्मीहरूको समस्याप्रति गम्भीर ध्यान आकृष्ट गराउँदै आगामी आर्थिक वर्षदेखि तलब व्यवस्थापन सहज बनाउने प्रतिबद्धता जनाए।

Attariya Hospital

स्वास्थ्य शाखालाई नेपाल सरकारले तोकेको मापदण्ड अनुसार ओपिडीसहितका सेवा सहज रूपमा नागरिकलाई उपलब्ध गराउन आग्रह गर्दै, गुनासो प्राप्त भएमा मालाखेती अस्पतालमाथि आवश्यक छानबिन गरी औपचारिक पत्राचार गर्न निर्देशनसमेत दिए।

कार्यक्रमको अन्त्यमा विनाडीले गोदावरी नगरपालिकालाई ‘स्वस्थ नगरपालिका’ बनाउने अभियानमा स्वास्थ्यकर्मीहरूको मनोबल अझ मजबुत बनाउँदै योगदान रहने प्रति आफू आशावादी रहेको बताए।

सम्बन्धित समाचार

कैलालीको गोदावरी नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा