क्षेत्रीय सहरी विकासले गोदावरी नगरमा आठ किलोमिटर कालोपत्र गदैँ

Image
default
Nisarga Hospital

अत्तरिया : कैलाली र कञ्चनपुरका चार स्थानीय तहहरूमा साढे २९ किलोमिटर नयाँ सडक कालोपत्र गरिने भएको छ । कैलालीका गोदावरी नगरपालिका, धनगढी उपमहानगरपालिका तथा कञ्चनपुरको भीमदत्त र शुक्लाफाँटा नगरपालिकामा २९ दशमलव ६९५ किलोमिटर सडक कालोपत्र हुने भएको हो ।

CP Hospital Dhangadhi

क्षेत्रीय सहरी विकास आयोजना, धनगढीले चार स्थानीय तहका ३३ वटा सडक कालोपत्रका लागि बोलपत्रको सूचना सार्वजनिक गरेको हो । बुधवार सार्वजनिक भएको सूचनामा धनगढी उपमहानगरपालिकाका चार वटा सडकको छ दशमलव ४६५ किलोमिटर, गोदावरी नगरपालिकाका आठ वटा सडकको आठ दशमलव २३ किलोमिटर, भीमदत्त नगरपालिकाका १७ वटा सडकको आठ दशमलव १४ किलोमिटर र शुक्लाफाँटा नगरपालिकाका चार वटा सडकको छ दशमलव ८६ किलोमिटर कालोपत्र गर्न सम्झौताका लागि बोलपत्रको सूचना सार्वजनिक गरिएको हो । क्षेत्रीय सहरी विकासले फुटपाथ, नालीसहितका आधुनिक सडक निर्माण गर्ने छ ।

गोदावरीमा आठ किलोमिटर कालोपत्र हुँदै कैलालीको गोदावरी नगरपालिकामा आठ किलोमिटर सडक कालोपत्र हुने भएको छ ।

nawajiwan
Attariya Hospital

क्षेत्रीय सहरी विकास आयोजना, धनगढीका सूचना अधिकार पुष्प भट्टले गोदावरीमा आठ वटा सडक कालोपत्रका लागि ठेक्का सम्झौताको प्रक्रिया सुरु गरिएको बताए ।

शून्य दशमलव ९७ किलोमिटरको अत्तरिया चक्रपथ, शून्य दशमलव ३१ किलोमिटरको भट्ट किराना पसलदेखि फलटुँडे सडकसम्मको सडक, एक दशमलव १९ किलोमिटरको धनगढी–अत्तरिया ६ लेन सडक–गेटा सडक, एक दशमलव ७४ किलोमिटरको महेन्द्र राजमार्गदेखि चौकीडाँडा सडक, शून्य दशमलव ५७ किलोमिटरको विद्यालय रहेको क्षेत्रको सडक, एक दशमलव ५८ किलोमिटरको लालपुर–गौडी सडक, शुन्य दशमलव ४३ किलोमिटरको सालघाडी सडक र एक दशमलव ५४ किलोमिटरको शान्ति मार्ग सडक कालोपत्र गर्न सम्झौताको प्रक्रिया सुरु भएको हो । गोदावरी नगरपालिका क्षेत्रका आठ वटा सडकको ८ दशमलव २३ किलोमिटर कालोपत्रका लागि ठेक्का सम्झौता गर्न सूचना सार्वजनिक गरिएको छ ।