शिखर–३ पल्लेगडामा प्रसूति गृह निर्माण थालियो

Image
Nisarga Hospital

डोटीः शिखर नगरपालिका–३ पल्लेगडामा नयाँ प्रसूति गृह (बर्थिङ्ग सेन्टर) निर्माण कार्य सुरु भएको छ। स्वास्थ्यमन्त्रालयको आर्थिक सहयोग र नगरपालिकाको समन्वयमा उक्त भवन निर्माण हुन लागेको हो।

CP Hospital Dhangadhi

शनिबार एक कार्यक्रमका बीच नगरप्रमुख दीर्घ बहादुर बलायरले भवनको शिलान्यास गरे। शिलान्यास कार्यक्रममा उनले उक्त क्षेत्रमा प्रसूति गृह अत्यन्तै आवश्यक रहेकाले समयमै, गुणस्तरीय निर्माण सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशन दिए।

नगर उपप्रमुख सुनिता रावल जोराले बर्थिङ्ग सेन्टरको निर्माणले स्थानीय महिलालाई सहज सेवा उपलब्ध गराउने बताइन्। “वडाका महिलाहरूले अहिले पनि सुत्केरी सेवाका लागि मुडभरा वा दिपायल जानुपर्ने बाध्यता छ,” उनले भनिन्, “त्यसैले यो स्थान उपयुक्त ठहर गर्दै प्रसूति गृह स्थापना गर्न लागिएको हो।”

नगरपालिकाका अनुसार भवन निर्माणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट ३९ लाख रुपैयाँको बजेट विनियोजन गरिएको छ। भवन चार कोठे र दुईतले हुनेछ।

उक्त भवन आधारभूत स्वास्थ्य सेवा केन्द्रसँगै निर्माण गरिँदैछ, जसले गर्भवती तथा सुत्केरी महिलालाई सुरक्षित र सहज सेवा प्रदान गर्ने अपेक्षा गरिएको छ। स्थानीय तहको यो पहलले स्वास्थ्य सेवामा पहुँच वृद्धि हुने जनाइएको छ।