खामेनीको कडा प्रतिक्रिया : “अमेरिकी आक्रमणबाट इरानलाई क्षति भएको छैन”

Image
JPG converted with https://ezgif.com/webp-to-jpg
Nisarga Hospital

युद्धविरामपछि पहिलोपटक सार्वजनिक रूपमा प्रतिक्रिया दिँदै इरानका सर्वोच्च नेता आयातुल्लाह अली खामेनीले अमेरिकाको आक्रमणबाट इरानको आणविक कार्यक्रममा कुनै असर नपरेको दाबी गरेका छन्। इरान–इजरायल युद्धका बेला अमेरिकाले इरानको आणविक केन्द्र ध्वस्त पारेको दाबीलाई खारेज गर्दै खामेनीले अमेरिकालाई प्रतिआक्रमणमा झट्का दिएको बताएका हुन्।

CP Hospital Dhangadhi

खामेनीले कतारस्थित अमेरिकी एयर बेसमा गरिएको इरानी आक्रमणले शत्रु पक्षलाई ठूलो क्षति पुर्‍याएको र यस्ता आक्रमण भविष्यमा झन् डरलाग्दो बन्न सक्ने चेतावनी दिएका छन्। १३ जुनदेखि सुरु भएको युद्धपछि बिहीबार पहिलोपटक टेलिभिजनमार्फत सम्बोधन गर्दै उनले यो प्रतिक्रिया दिएका हुन्।

यसैबीच, अमेरिकाले इरानमा गरिएको प्रहार सफल भएको दाबी गर्दै आएको छ। अमेरिकी रक्षा मन्त्री पिटर हेगसेथले पेन्टागनमा पत्रकार सम्मेलन गर्दै आक्रमणले ऐतिहासिक सफलता दिलाएको बताए। तर केही गुप्तचरहरूले फोर्डोबाट युरेनियम पहिल्यै हटाइएको हुन सक्ने शंका व्यक्त गरेका छन्, जसलाई हेगसेथले अस्वीकार गरेका छन्।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

इरानका विदेशमन्त्रीले भने अमेरिकासँग वार्ताको कुनै योजना नरहेको स्पष्ट पारेका छन्।

Dhnagadhi & Krishanapur