
अत्तरियाः सुदूरपश्चिमको प्रतिष्ठित स्वास्थ्य संस्था अत्तरिया हस्पिटल प्रा.लि. र समाजसेवामा अग्रसर संस्था बझाङी सेवा समाजबीच बिहीबार एक ऐतिहासिक सहुलियत सम्झौता सम्पन्न भएको छ। सम्झौता अनुसार बझाङी सेवा समाजका सदस्य तथा उनीहरूको परिवारले हस्पिटलका विभिन्न सेवामा १०% देखि २०% सम्म छुट प्राप्त गर्नेछन्।

सम्झौतामा अत्तरिया हस्पिटलका प्रमुख डिल्लीराज पाठक र बझाङी सेवा समाजका अध्यक्ष झलक अयडी तथा प्रतिनिधि नरेन्द्रबहादुर खड्काबीच हस्ताक्षर गरिएको हो। दुवै पक्षबीच परस्पर सहमतिका आधारमा गरिएको यो सम्झौता आगामी एक वर्षसम्म लागू हुनेछ।
सम्झौता अनुसार प्रदान गरिने प्रमुख छुट निम्नानुसार छन्:


सम्झौताका शर्त अनुसार, छुट पाउन बझाङी सेवा समाजका सदस्यहरूले प्रमाणित कागज वा परिचयपत्र अनिवार्य रूपमा पेश गर्नुपर्नेछ। साथै, कानुनविपरीत कुनै दबाब वा कार्यका लागि सम्झौताको दुरुपयोग गर्न नपाइने जनाएको छ।
यो सहकार्यले सुदूरपश्चिमवासीहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा थप सहज, सुलभ र किफायती बनाउने विश्वास हस्पिटल व्यवस्थापनले व्यक्त गरेको छ। समाजसेवा र स्वास्थ्य पहुँचको संयोजनमार्फत अन्य संस्थालाई पनि प्रेरणा दिने खालको यो कदम ऐतिहासिक मानिएको छ।


















