डडेल्धुराको मुख्य बजारमा जेब्रा क्रसिङ निर्माण सुरु, ट्राफिक सुधारतर्फको नयाँ कदम

Image
Nisarga Hospital

डडेल्धुरा: डडेल्धुराको मुख्य बजार क्षेत्रमा पहिलोपटक ट्राफिक व्यवस्थापन सुधारका लागि जेब्रा क्रसिङ निर्माण सुरु गरिएको छ। जिल्ला प्रहरी कार्यालय डडेल्धुराको अगुवाइमा बिहीबारदेखि बागबजार, बसपार्क, तुफानडाँडा र कीर्तिपुर क्षेत्रमा जेब्रा क्रसिङ निर्माण थालिएको हो।

CP Hospital Dhangadhi

यस कार्यलाई ‘सडक अनुशासन र नागरिक सचेतना’ अभियानको सुरुआतका रूपमा लिइएको छ। सडकचित्रको परिवर्तन मात्र नभई, यो पहल पैदलयात्रु र चालकबीचको उत्तरदायित्व तथा अनुशासनको समन्वयका रूपमा समेत हेरिएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सुगन्ध श्रेष्ठका अनुसार, सवारी र पैदलयात्रुको चाप बढी हुने स्थानहरूमा यस्ता संरचनाको आवश्यकताबारे विगतदेखि माग उठ्दै आएको थियो। “सडक प्रयोगकर्ताहरूको सुरक्षालाई प्राथमिकता दिँदै जेब्रा क्रसिङ बनाइएको हो,” उनले भने, “अब चालक र पैदलयात्रु दुवैले आ–आफ्नो जिम्मेवारी अनुसार सडक प्रयोग गर्ने व्यवहारको विकास हुने अपेक्षा गरिएको छ।”

nawajiwan
Attariya Hospital

यसबाहेक, अभियान अन्तर्गत जनचेतनामूलक सूचना बोर्डहरू पनि राखिएको छ, जसले पैदलयात्रुलाई सडक पार गर्ने उचित स्थानको जानकारी दिनेछ भने चालकहरूलाई समयमै सावधानी अपनाउन प्रेरित गर्नेछ।

स्थानीयवासी, विद्यार्थी, व्यापारी तथा यात्रुहरूले अभियानको स्वागत गरेका छन्। उनीहरूले यस्तो पहललाई अन्य भीडभाड भएका क्षेत्रहरूमा पनि विस्तार गर्न आग्रह गरेका छन्। यो प्रयासलाई डडेल्धुरामा ट्राफिक व्यवस्थापन सुधारतर्फको नयाँ युगको थालनीका रूपमा लिइएको छ।