मार्तडीमा डिजिटल मिडिया तथा पत्रकारिता तालिम सम्पन्न

Image
Nisarga Hospital

गणेश बहादुर धामी,/बाजुरा: बडिमालिका नगरपालिकाको सभाहलमा तीनदिने डिजिटल मिडिया तथा पत्रकारिता सम्बन्धी तालिम सम्पन्न भएको छ। नेपाल पत्रकार महासंघ, जिल्ला शाखा बाजुराको आयोजनामा तथा बडिमालिका नगरपालिकाको आर्थिक सहयोगमा असार ११ देखि १३ गतेसम्म तालिम सञ्चालन गरिएको हो।

CP Hospital Dhangadhi

तालिममा जिल्लाका विभिन्न सञ्चार माध्यममा कार्यरत २५ जना भन्दा बढी पत्रकारहरूको सहभागिता रहेको थियो। मोबाइल पत्रकारितामार्फत समाचार लेखन, भिडियो रिपोर्टिङ तथा डिजिटल प्लेटफर्ममार्फत समाचार सम्प्रेषण गर्ने विषयमा सहभागीहरूले अभ्याससहित ज्ञान हासिल गरेका थिए।

तालिमका प्रशिक्षक भिषण राईले छोटो समयमै पत्रकारहरूले उल्लेख्य ज्ञान हासिल गरेकोमा खुसी व्यक्त गर्नुभयो। सहभागी पत्रकारहरूले मोबाइल पत्रकारिता सहज, सुलभ र प्रभावकारी रहेको प्रतिक्रिया दिएका थिए।

nawajiwan
Attariya Hospital

तालिमको उद्घाटन नेपाल पत्रकार महासंघका अध्यक्ष पदमसिंहको अध्यक्षतामा भएको थियो भने नगर प्रमुख अमर खड्का प्रमुख अतिथि, प्रमुख प्रशासकीय अधिकृत पदम बहादुर माझी विशिष्ट अतिथि रहेका थिए। साथै, प्रेस चौतारीका केन्द्रीय सदस्य कृष्ण ओली, प्रेस युनियन अध्यक्ष सङ्गीता तिमिल्सेना, प्रेस चौतारी अध्यक्ष लक्ष्मीराज पाध्यायलगायत पत्रकारको उपस्थिति थियो।

कार्यक्रमको सञ्चालन महासंघका सचिव प्रेम रौलेले गर्नुभएको थियो। सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्दै आगामी दिनमा सफलताको शुभकामना दिइ तालिम समापन गरिएको थियो।