आज देखी पश्चिम नेपालमा मनसुन सक्रिय हुने पूर्वानुमान, तीन दिन सतर्क रहन अनुरोध

Image
Nisarga Hospital

सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका अधिकांश भागमा मनसुन सक्रिय हुने मौसमविद्हarको पूर्वानुमान छ। जल तथा मौसम विज्ञान विभागले शुक्रबार राति सार्वजनिक गरेको मनसुन विशेष बुलेटिनअनुसार असार १४ गतेदेखि १६ गते बिहानसम्म यी प्रदेशहरूमा वर्षाको सक्रियता रहनेछ।

CP Hospital Dhangadhi

विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पूर्वी नेपालमा सामान्य अवस्थामा रहे पनि पश्चिमतर्फ केही तल सरेको छ। शनिबार साँझपछि उक्त रेखा पश्चिम नेपाल नजिक उत्तरतर्फ सर्ने देखिएकाले आगामी केही दिन ती क्षेत्रहरूमा मनसुनी प्रणालीको प्रभाव देखिन सक्नेछ।

Attariya Hospital

बुलेटिनमा भनिएको छ, “शनिबार साँझदेखि सोमबार बिहानसम्म सुदूरपश्चिम, कर्णाली तथा लुम्बिनी प्रदेशका पहाडी भेगहरूमा र लुम्बिनीका तराई क्षेत्रमा समेत मनसुन सशक्त रूपमा सक्रिय हुने सम्भावना छ।”

nawajiwan

मौसमविद्हarले सम्भावित वर्षाको प्रभावका कारण पहिरो, बाढी तथा डुबानको जोखिम रहेका क्षेत्रहरूमा सतर्कता अपनाउन आग्रह गरेका छन्।