
सिगास/बैतडी: बैतडीको दुर्गम सिगास गाउँपालिका वडा नं. ८ मा रहेको श्री लेक लुपुड माध्यमिक विद्यालय शिवलिङ्गका छात्र सुरेश ऐर माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा सिगास गाउँपालिका टप गरेका छन् ।

हिजो मात्र राष्ट्रिय परीक्षा बोर्डद्वारा प्रकाशित माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजामा उनले सिगास गाउँपालिका टप नतिजा ल्याउन सफल भएका हुन ।
उनले ३.९३ जीपीए प्राप्त गरी गाउँपालिकामै सर्वोत्कृष्ट नतिजा ल्याउन सफल भएको सोही विद्यालयका प्रधानाध्यापक हर्क बहादुर धामीले जानकारी दिनुभएको छ ।


उहाँका अनुुसार सिगास गाउँपालिकाका १५ ओटै मावि मध्ये प्रथम र बैतडी जिल्ला भरिमा दोश्रोमा स्तरिकृत स्थान हासिल गर्न सफल भएको जानकारी दिनुभएको छ । उहाँले सिगास गाउँपालिका भरिमा टप नतिजा ल्याएपछि विद्यालय परिवारले बधाई दिएको छ ।
लेक लुपुड माध्यमिक विद्यालय बाट एसईईमा सहभागी ४० विद्यार्थी मध्ये २७ विद्यार्थीको नतिजा ग्रेडेड आएको छ भने १७ जना विद्यार्थीका नतिजा ननग्रेडेड आएको छ ।


































