इरानले युद्धमा मारिएका ६० सैनिक तथा वैज्ञानिकको सामूहिक अन्त्येष्टि गर्‍यो

Image
Nisarga Hospital

तेहरान, इरान: इजरायलसँगको १२ दिने युद्धमा ज्यान गुमाएका ६० जना इरानी सैनिक तथा आणविक वैज्ञानिकहरूको तेहरानमा सामूहिक अन्त्येष्टि गरिएको छ। उन्गेलाव चोकमा आयोजित अन्त्येष्टि कार्यक्रममा हजारौं सर्वसाधारण सहभागी भएका थिए।

CP Hospital Dhangadhi

कार्यक्रममा सहभागीहरूलाई राष्ट्रिय टेलिभिजन तथा विभिन्न सञ्चारमाध्यममार्फत जानकारी दिइएको थियो। सर्वसाधारणको सहुलियतका लागि निःशुल्क बससेवा पनि उपलब्ध गराइएको थियो। अन्त्येष्टि स्थलमा राखिएका शवहरूमा राष्ट्रिय झन्डा ओढाइएको थियो, र सहभागीहरूले वीरप्रतिको श्रद्धाञ्जली अर्पण गरे।

मारिनेहरूमा इरानी सेनाका उच्च अधिकारीहरू तथा वैज्ञानिकहरू थिए। मृतकहरूमा इरानी सैन्य प्रमुख मोहम्मद बागेरी, आइस्लामिक रेभोलुशनरी गार्ड (आईआरजीसी) का प्रमुख हुसेन सलामी, र वरिष्ठ आणविक वैज्ञानिक मोहम्मद मृहद तेरान्ची पनि रहेको पुष्टि गरिएको छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

इजरायलको आक्रमणबाट हालसम्म ६२७ जना इरानी नागरिकको ज्यान गएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन्। इरानको आणविक केन्द्रमा अमेरिकाले आक्रमण गरेपछि यो युद्ध सुरु भएको थियो भने केही दिनअघि मात्र युद्ध अन्त्य भएको हो।

यस अन्त्येष्टिले युद्धमा ज्यान गुमाएकाप्रति राष्ट्रिय सम्मान प्रकट गर्नुका साथै जनताको आक्रोश र ऐक्यबद्धता पनि देखाएको विश्लेषण गरिएको छ।

Dhnagadhi & Krishanapur