कैलालीमा सिकलसेल एनिमिया रोगका बिरामी बढ्दै, चौधरी थारु समुदाय सबैभन्दा बढी प्रभावित

Image
Nisarga Hospital

धनगढी: कैलालीमा सिकलसेल एनिमिया रोगका बिरामीको संख्या बर्सेनि बढ्दै गएको छ। स्वास्थ्य कार्यालय कैलालीका अनुसार यो रोग चौधरी थारु समुदायमा सबैभन्दा धेरै देखिएको छ।

CP Hospital Dhangadhi

हालै जिल्लाका आठ पालिकाका थारु बाहुल्य क्षेत्रहरूमा सञ्चालन गरिएको निःशुल्क स्क्रिनिङ शिविरमा १,२६७ जनाको रगत परीक्षण गर्दा १४५ जनामा सिकलसेल वाहक (ट्रेड) पाइएको छ। परीक्षणका लागि रगत प्रदेश जनस्वास्थ्य प्रयोगशालामा थप कन्फर्म गरिनेछ।

nawajiwan

स्वास्थ्य कार्यालयका सिकलसेल रोग स्रोत व्यक्ति मीनबहादुर धामीका अनुसार सिकलसेल एक बंशानुगत रोग हो। दुवै अभिभावक सिकलसेल वाहक भएमा बच्चामा रोग देखिने सम्भावना उच्च हुन्छ। विवाहपूर्व रगत परीक्षण अनिवार्य गर्नुपर्नेमा उनले जोड दिए।

Attariya Hospital

धामीका अनुसार, सिकलसेल रोग लागेमा पूर्ण उपचार सम्भव छैन। जीवनभर औषधि सेवन, समय समयमा रगत रिफ्रेसमेन्ट र स्वास्थ्य निगरानी आवश्यक हुन्छ। यो रोग लागेमा हाडजोर्नी दुख्ने, थकान, र रक्तअल्पता हुनेजस्ता समस्या देखिन्छन्। वाहक (ट्रेड) व्यक्तिमा भने लक्षण खासै नदेखिने गर्छ।

सरकारले सिकलसेल रोगीलाई उपचारका लागि अधिकतम १ लाख रुपैयाँसम्म सहयोग उपलब्ध गराए पनि दीर्घकालीन उपचार खर्च पर्याप्त नहुने जनाइएको छ। बिरामी तथा परिवारको माग अनुसार सीपमूलक तालीम र आयआर्जनका कार्यक्रमसमेत चलाउनु आवश्यक रहेको धामीले बताए।

स्वास्थ्य कार्यालयका अनुसार चालु आवमै अरू पालिकाहरूमा पनि स्क्रिनिङ शिविर सञ्चालन गरिनेछ। परीक्षण तथा पहिचानको दायरा बढेसँगै जिल्लामा सिकलसेल रोगीको संख्या बढ्दै गएको जनाइएको छ।