गोदावरी -३ को गौरा मन्दिर परिसरमा ४०० धार्मिक बोटबिरुवा रोपण, संरक्षण र पर्यटन प्रवर्द्धनमा टेवा

Image
{"remix_data":[],"source_tags":[],"source_ids":{},"source_ids_track":{},"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{},"is_sticker":false,"edited_since_last_sticker_save":false,"containsFTESticker":false}
Nisarga Hospital

अत्तरियाः कैलालीको गोदावरी नगरपालिका–३  चौकीडाँडा क्षेत्रको गौरा मन्दिर परिसरमा धार्मिक तथा पर्यावरणीय दृष्टिले महत्वपूर्ण मानिने ४०० बढी बोटबिरुवा रोपिएको छन । रोपिएका बोटबिरुवा अन्तरगत रुद्राक्ष, श्रीखण्ड र रक्तचन्दनजस्ता बोटबिरुवा रोपेर मन्दिर क्षेत्रको सौन्दर्य, संरक्षण र धार्मिक महत्व अभिवृद्धि गर्ने प्रयास गरिएको हो।

CP Hospital Dhangadhi

oplus_0
nawajiwan

गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्ट, डिभिजन वन कार्यालय कैलालीका डिभिजन वन अधिकृत कृष्णदत्त भट्टसहितको सक्रिय सहभागितामा जनताको माग अनुसार वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको हो। डिभिजन वन कार्यालयको आर्थिक सहयोगमा बोटबिरुवा रोपिएको क्षेत्र तारजालीले घेराबार गरी सुरक्षित बनाइएको छ।

oplus_0

गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टले गोदावरी क्षेत्रको समृद्ध संस्कृति, धार्मिक पहिचान र सम्भावित पर्यटकीय विकासलाई ध्यानमा राखी मन्दिर परिसरमा वृक्षारोपण कार्यक्रम ल्याइएको बताए। “गौरा पर्व यस क्षेत्रमा परम्परागत रुपमा श्रद्धाका साथ मनाइँदै आएको छ। त्यसैले मन्दिर क्षेत्रलाई अझ धार्मिक र आकर्षक बनाउने उद्देश्यले वृक्षारोपण गरिएको बताएका छन,” उनले भने। मन्दिरमा हुने विवाह, व्रतबन्ध, यज्ञ आदि धार्मिक क्रियाकलापलाई व्यवस्थित गर्न यज्ञशाला निर्माणका लागि पनि पालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाए।

oplus_0
Attariya Hospital

गौरा मन्दिर संरक्षण समितिका अध्यक्ष नरेन्द्रराज भट्टराईले शिव–पार्वतीको मूर्ति रहेको यो पौराणिक स्थलमा वृक्षारोपणले सांस्कृतिक संरक्षणमा नयाँ गति दिने बताए। उनले वृक्षारोपण कार्यमा समन्वय गरेका नगरप्रमुख भट्ट र डिभिजन वन प्रमुख भट्टलाई धन्यवाद दिएका छन्। साथै, लगाइएका बिरुवाको संरक्षण र सम्बर्द्धनमा सबैले चासो दिनुपर्नेमा समेत जोड दिए।

oplus_0

तेसै गरी नेपाली कांग्रेसका युवा नेता हरी भट्टाराईका अनुसार धार्मिक बोटको बृक्षारोपणले यस क्षेत्रमा रहेका बासिन्दालाई धार्मिकमय बन्ने समेत बताएका छन ।

oplus_0

यस कार्यले मन्दिरको धार्मिक महत्त्व मात्र नभई वातावरणीय सन्तुलन र हरियाली प्रवर्द्धनमा समेत टेवा पुर्‍याउने विश्वास गरिएको छ।

oplus_0