एसईई २०८१: गोदावरीमा दुर्गाज्योती स्याउले उत्कृष्ट र संस्थागतमा ब्राइन स्टारको उत्कृष्ठ नतिजा

Image
Nisarga Hospital

अत्तरियाः गोदावरी नगरपालिका अन्तर्गतको शैक्षिक सत्र २०८१/८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा स्याउलेको  दुर्गाज्योती  माध्यमिक विद्यालयले सामुदायिक विद्यालयहरूमध्ये उत्कृष्ट नतिजा हासिल गरेको छ।

CP Hospital Dhangadhi

त्यसै गरी नगरपालिका–१ मा रहेको विद्यालयबाट एसईईमा सहभागी ५३ मध्ये ४१ जना विद्यार्थी उत्तीर्ण भएसँगै विद्यालयले ७७.३६ प्रतिशत नतिजा ल्याएको छ। यससँगै घण्टेश्वर माविले पालिकाभरिका सामुदायिक विद्यालयहरूमा अग्रता कायम गरेको छ।

त्यस्तै, सेहरीस्थित सरस्वती माध्यमिक विद्यालयले ७९ जना परीक्षार्थीमध्ये ५८ जना उत्तीर्ण गराउँदै ७३.४२ प्रतिशत नतिजाका साथ दोस्रो स्थान हासिल गरेको छ।

nawajiwan

स्याउलेमा अवस्थित दुर्गाज्योती सेकेन्डरी स्कूलले पनि उत्कृष्ट प्रदर्शन गर्दै २३ जना सहभागीमध्ये २२ जनालाई उत्तीर्ण गराउँदै ९५.६५ प्रतिशत सफलता दर हासिल गरेको छ।

संस्थागत विद्यालयतर्फ वडा नं. ५ को ब्राइन स्टार एकेडेमीले सबैभन्दा उच्च सफलता हासिल गर्दै ९४.१२ प्रतिशत नतिजा ल्याएको छ। विद्यालयको सशक्त शैक्षिक व्यवस्थापन र विद्यार्थीको मेहनतले उत्कृष्टता देखिएको बताइएको छ।

Attariya Hospital

गोदावरी नगरपालिकाको शिक्षा शाखाका अनुसार समग्रमा सामुदायिक तथा संस्थागत विद्यालयहरूको संयुक्त सफलता दर ७७.३० प्रतिशत रहेको छ।

शुक्रबार सार्वजनिक एसईई नतिजाले गोदावरी नगरपालिकाका विद्यालयहरूमा शैक्षिक सुधारको संकेत दिएको स्थानीय शिक्षाविद्को बुझाइ छ।