एसईईमा सिगासका दुइ विद्यालयको नतिजा शतप्रतिशत, अन्य विद्यालयको नतिजा कस्तो ?

Image
Nisarga Hospital

सिगास/बैतडी: बैतडीको सिगास गाउँपालिकाका दुइ विद्यालयको एसईईको नतिजा शतप्रतिशत आएको छ । गाउँपालिकाको वडा नं. ५ मा रहेको भुवनेश्वरी माध्यमिक विद्यालय खैरकोट र वडा नं. ६ मा रहेको महादेव माध्यमिक विद्यालय काँडाको नतिजा शतप्रतिशत आएको हो ।

CP Hospital Dhangadhi

यस वर्षको कक्षा १० एसईईको नतिजाको हिसाबले समग्रमा हेर्दा सिगास ५ मा रहेको भुवनेश्वरी माध्यमिक विद्यालय खैरकोट सिगास गाउँपालिका भित्र रहेका सबै विद्यालय भन्दा उत्कृष्ट विद्यालयको रुपमा देखिएको छ । १२ जना सहभागी विद्यार्थी मध्ये ७ जनाले ए ग्रेड, ४ जनाले बी प्लस ग्रेड र १ जनाले सी प्लस ग्रेड ल्याउन सफल भएका भुवनेश्वरी माविका कम्प्युटर शिक्षक राजेन्द्र धामीले जानकारी दिनुभयो ।

शतप्रतिशत विद्यार्थी पास हुनुको साथै अधिकांश विद्यार्थीहरु उच्च जिपीए हाँसिल गरि उत्तीर्ण भएका छ्न । यसरी उक्त विद्यालका अधिकांश विद्यार्थीले उच्च जिपीए प्राप्त गरि उत्तीर्ण हुनुले विद्यालयको कुशल नेतृत्व तथा विद्यालयका सम्पुर्ण शिक्षकहरुको मिहिनेतले आफ्नो विद्यालयको नतिजा राम्रो आएको उक्त विद्यालयका शिक्षक तथा सूचना अधिकारी अमर सिंह धामीले बताएका छ्न ।

nawajiwan

यसैगरि उत्तीर्ण संख्या प्रतिशत कम देखिए पनि सिगास गाउँपालिका ८ मा रहेको लेक लुपुड माविका सुरेश ऐर विद्यार्थी ३.९३ जिपिएका साथ सिगास गाउँपालिकाको सर्वोत्कृष्ट विद्यार्थी तथा बैतडी जिल्लामा दोस्रो स्थान ल्याउन सफल भएका छन् । लेक लुपुड माध्यमिक विद्यालय बाट कुल ४४ जना सहभागी विद्यार्थी मध्ये २६ जना विद्यार्थी एसईईमा उत्तीर्ण भएका प्रधानाध्यापक हर्क बहादुर धामीले जानकारी दिनुभयो ।

यसैगरि पहिलो पटक शतप्रतिशत विद्यार्थी पास हुन सफल भएको महादेव माध्यमिक विद्यालय काँडाले पहिलो पटक आफ्नो ईतिहासमा नयाँ रेकर्ड कायम गरेको छ । विद्यार्थीले प्राप्त गरेको जिपिए सन्तोषजनक आउनुका साथै सम्पूर्ण विद्यार्थी उत्तीर्ण हुनुले विगतमा कमजोर विद्यालयको रुपमा अलोचना हुँदै गर्दा महादेव मावि काँडाले यो वर्षमा आइपुग्दा अभूतपुर्व प्रगति गरेको कुरो पुष्टि भएको विद्यालयका प्रधानाध्यापक मोहन सिंह ऐरले बताए । गाउँपालिका भित्र विगत भन्दा आजभोली धेरै विद्यालयहरुले थप प्रगती गर्दै गरेको सिगास गाउँपालिकाले जनाएको छ ।

यस्तै सिगास गाउँपालिका वडा नं. ६ कै गणेश मावि लेकमले पनि उत्कृष्ट नतिजा हासिल गरेको छ । १४ जना विद्यार्थी एसईईमा सहभागी भएकामा १३ जना विद्यार्थी उत्तीर्ण भएका विद्यालयले जनाएको छ ‌। गणेश मावि लेकमको नतिजा हेर्दा शतप्रतिशत नजिक पुगेको छ ।

सिगास गाउँपालिकाको एसईई २०८१ को समग्र नतिजा:
पञ्चोदय मावि इराना बाट २४ जना विद्यार्थी एसईईमा सहभागी भएकामा ५ जना विद्यार्थी उत्तीर्ण भएका छन् ‌।

नरेन्द्रपुर मावि बजकोट बाट २० जना विद्यार्थी एसईईमा सहभागी भएकामा ८ जना विद्यार्थी उत्तीर्ण भएका छन् ‌।

अर्जुन मावि गाँजरी बाट ५२ जना विद्यार्थी एसईईमा सहभागी भएकामा २० जना विद्यार्थी उत्तीर्ण भएका छन् ‌।

शिवलिङ्ग मावि धौलाडी बाट २५ जना विद्यार्थी एसईईमा सहभागी भएकामा १ जना विद्यार्थी उत्तीर्ण भएका छन् ‌।

भुवन भाष्कर मावि चमडेखर्क बाट २८ जना विद्यार्थी एसईईमा सहभागी भएकामा १३ जना विद्यार्थी उत्तीर्ण भएका छन् ‌।

Attariya Hospital

शिगास मावि रक्सौन बाट ३१ जना विद्यार्थी एसईईमा सहभागी भएकामा ६ जना विद्यार्थी उत्तीर्ण भएका छन् ‌।

शिव मावि गढतोला बाट ५ जना विद्यार्थी एसईईमा सहभागी भएकामा ३ जना विद्यार्थी उत्तीर्ण भएका छन् ‌।

शारदा मावि ढुङ्गाड बाट २७ जना विद्यार्थी एसईईमा सहभागी भएकामा ११ जना विद्यार्थी उत्तीर्ण भएका छन् ‌।

भुवनेश्वरी मावि खैरकोट बाट १२ जना विद्यार्थी एसईईमा सहभागी भएकामा शतप्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ‌।

गणेश मावि लेकम बाट १४ जना विद्यार्थी एसईईमा सहभागी भएकामा १३ जना विद्यार्थी उत्तीर्ण भएका छन् ‌।

महादेव मावि काँडा बाट २० जना विद्यार्थी एसईईमा सहभागी भएकामा शतप्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ‌।

भूमिराज मावि थाला बाट १७ जना विद्यार्थी एसईईमा सहभागी भएकामा १० जना विद्यार्थी उत्तीर्ण भएका छन् ‌।

बालकृष्ण मावि न्वाघर बाट १८ जना विद्यार्थी एसईईमा सहभागी भएकामा १३ जना विद्यार्थी उत्तीर्ण भएका सिगास गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाले जनाएको छ ।

लेक लुपुड मावि शिवलिङ्ग बाट ४४ जना विद्यार्थी एसईईमा सहभागी भएकामा २६ जना विद्यार्थी उत्तीर्ण भएका छन् ‌। सोही विद्यालयका छात्र सुरेश ऐर बैतडी जिल्लामै द्वितीय हुदै नयाँ रेकर्ड कायम गरेका छन् ‌।

उदय मावि गन्सुर बाट १९ जना विद्यार्थी एसईईमा सहभागी भएकामा १६ जना विद्यार्थी उत्तीर्ण भएका छन् ‌।