अत्तरियाको सुप समावेशी विद्यालय डुबानमा, अपाङ्ग बालबालिकाको उद्धार चुनौतीपूर्ण

Image
Nisarga Hospital

अत्तरियाः गोदावरी नगरपालिका–२ अत्तरियामा रहेको सुप समावेशी आधारभूत विद्यालय डुबानमा परेको छ। गएरातिदेखि लगातार परेको वर्षाका कारण विद्यालय परिसर जलमग्न बनेको हो।

CP Hospital Dhangadhi

उक्त विद्यालयमा अपाङ्गता भएका बालबालिकाहरू आवासीय रुपमा बस्दै अध्ययन गर्दै आइरहेका छन्। डुबानका कारण उनीहरूलाई सुरक्षित स्थानमा सार्नसमेत कठिनाइ भइरहेको विद्यालय व्यवस्थापन समितिका संस्थापक अध्यक्ष मानबहादुर साउँदले जानकारी दिए।

Attariya Hospital

‘विद्यालयमा विशेष आवश्यकताका विद्यार्थीहरू छन्, जसले गर्दा तत्काल स्थानान्तरण गर्न कठिन भइरहेको छ,’ साउँदले भने।

nawajiwan

डुबानको जानकारी गोदावरी नगरपालिका र इलाका प्रहरी कार्यालय मालाखेतीलाई दिइएको उनले बताए।