अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहुबीच जुलाई ७ मा भेटवार्ता हुने

Image
Nisarga Hospital

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुबीच आगामी जुलाई ७ तारिखमा भेटवार्ता हुने भएको छ। अमेरिकी समाचार संस्था रॉयटर्स ले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै उक्त जानकारी दिएको हो।

CP Hospital Dhangadhi

यो भेटवार्ता ट्रम्पको दोस्रो कार्यकालको दौरान नेतन्याहुको तेस्रो वासिङ्टन भ्रमण हुनेछ। साथै, इरान र इजरायलबीच भएको हालैको १२ दिने युद्धपछि दुई नेताबीच हुने पहिलो प्रत्यक्ष भेटवार्ता समेत हुनेछ।

Attariya Hospital

भेटवार्तामा क्षेत्रीय सुरक्षा, इरानसँगको सम्बन्ध, द्विपक्षीय सहकार्य र मध्यपूर्वमा शान्ति प्रक्रिया लगायतका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

nawajiwan