गाजाको क्याफेमा इजरायली आक्रमण, कम्तीमा २० जनाको ज्यान गयो

Image
JPG converted with https://ezgif.com/webp-to-jpg
Nisarga Hospital

इजरायली सेनाले गाजास्थित एक व्यस्त क्याफेमा हवाई आक्रमण गर्दा कम्तीमा २० जनाको ज्यान गएको छ। मृतकमध्ये अधिकांश अभियन्ता, पत्रकार र स्थानीय नागरिक रहेको जनाइएको छ।

CP Hospital Dhangadhi

‘अल बाका क्याफ्टेरिया’ नामक क्याफेमा भएको उक्त आक्रमणपछि उद्धार टोलीले घटनास्थलबाट २० वटा शव निकालिएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। क्याफेमा इन्टरनेटको पहुँचका कारण स्थानीयहरू प्राय: त्यहाँ भेला हुने गरेका थिए। थुप्रै घाइतेहरूको उद्धार गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।

एक स्थानीय क्यामेरापर्सनले भने, “अन्य ठाउँमा इन्टरनेटको अभाव भएकाले म त्यहाँ पुगेको थिएँ। म क्याफे नजिक पुग्नासाथ विस्फोट भयो।” सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा इजरायली मिसाइल आक्रमणको स्पष्ट दृश्य देखिएको छ।

nawajiwan
Attariya Hospital

इजरायली सेनाले गाजा खाली गराउने रणनीतिअन्तर्गत क्याफेमा हमला गरेको बताइएको छ। यो आक्रमण इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुका विरुद्ध अन्तर्राष्ट्रिय समुदायले युद्धविरामका लागि दबाब दिइरहेका बेला भएको हो।

गाजामा १९ जनवरीमा भएको युद्धविराम मार्च महिनासँगै समाप्त भएपछि इजरायलले पुनः आक्रमण सुरु गरेको थियो। पछिल्ला केही दिनयता आक्रमण थप तीव्र भएको छ।

अमेरिका लगायत अन्तर्राष्ट्रिय निकायले इजरायललाई राहत पुर्‍याउन दबाब दिइरहे पनि ११ सातासम्म इजरायलले उक्त क्षेत्रमा मानवीय सहायता पुग्न नदिएको उल्लेख गरिएको छ। हाल पनि इजरायली आक्रमण जारी रहेको अन्तर्राष्ट्रिय रिपोर्टहरूले जनाएका छन्।