

बैतडी: दोगडाकेदार गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ५२ करोड ६८ लाख ७४ हजार ६ सय ६४ रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ।
मंगलबार सम्पन्न गाउँपालिकाको १५औँ गाउँसभाको दोस्रो बैठकमा उपाध्यक्ष पार्वती ऐरी कार्कीले बजेट प्रस्तुत गर्दै चालु तथा पूँजीगत तर्फ गरी उक्त रकम विनियोजन गरिएको जानकारी दिइन्।

बजेट विवरण अनुसार, गाउँपालिकाले नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानतर्फ ९ करोड ७७ लाख रुपैयाँ र सुदूरपश्चिम प्रदेश सरकारबाट ८३ लाख ९६ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

त्यसैगरी, राजस्व बाँडफाँड अन्तर्गत नेपाल सरकारबाट ९ करोड ४ लाख ५३ हजार ६ सय ६४ रुपैयाँ तथा प्रदेश सरकारबाट २० लाख २५ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।
सशर्त अनुदानतर्फ नेपाल सरकारबाट २७ करोड १७ लाख र प्रदेश सरकारबाट ३ करोड २४ लाख रुपैयाँ आउने अपेक्षा गरिएको छ।
गाउँपालिकाको आन्तरिक आम्दानीतर्फ १ करोड रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको उपाध्यक्ष कार्कीले जानकारी दिइन्।


































